मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अपराधीहरुलाई आममाफी दिएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकामाथि प्रश्न उठाएका छन् । काभ्रेपलाञ्चोकको बनेपामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानले दलले पालेका गुण्डा र अपराधीलाई छाड्न हस्ताक्षर गरेर राष्ट्रपतिले नराम्रो काम गरेको टिप्पणी गरे ।
आफू राष्ट्रपति भएको भए दलले पालेका गुण्डा र अपराधीलाई छाड्न हस्ताक्षर नगर्ने पनि उनले बताए ।फेरि अरु अपराधी छुटाउने मौका कुरेर बस्ने काम भैरहेको भन्दै उनले आक्रोश व्यक्त गरे ।

‘फेरि अहिले अर्को अपराधी मुख मिठ्याएर बसेको छ मलाई चाहिँ नछुटाउने उसलाई चाहिँ छुटाउने भनेर मैले मात्रै अपराध गरेको छु र भनेर अर्को अपराधीको लाइन छ । राजनीतिक दल नै पिच्छे लाइन छ । पख्नुस् न संविधान र गणतन्त्र दिवस आउँछ नि भनेर । हाम्रो सरकार छ हाम्रै राष्ट्रपति हुनुहुन्छ भनेर विभिन्न जघन्य अपराध गरेको मान्छेहरुको लिष्ट ठूला पार्टीका नेताहरूले खल्तीमा हालेर बसेका छन् । तपाईंहरूले जति विरोध गर्नुस् त्यही सरकारमा लिएर जान्छन् र राष्ट्रपतिकहाँ चढाउँछन् ।’ उनले भने ।

उनले आफूहरूले कुनै दलको नभइ १० वर्ष कुनै राजनीतिक दलमा नलागेको व्यक्तिलाई राष्ट्रपति बनाउने परिकल्पना गरेको समेत बताए ।

‘हामीले परिकल्पना गरेका जस्ता व्यक्ति राष्ट्रपति भए भने दलले पालेका गुण्डा र अपराधीलाई छुटाउन हस्ताक्षर गर्दैनन् ।’ लामिछानेले भने, ‘हामीले हरेक काण्डमा बोलेका छौं। तर, हामीलाई जनताले बोलेर मात्रै के हुन्छ र भन्लान् ?  त्यसैले अब हामीले एकैचोटी त्यसको जवाफ ०८४ मा दिन्छौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP