बुधबार , भाद्र १७, २०८३

काठमाडौं । कार्यस्थलमा सुरक्षाको माग गर्दै चिकित्सकले काठमाडौंमा बिहीबार पनि प्रदर्शन जारी राखेका छन् ।  अस्पतालहरुमा चिकित्सकहरुमाथि हातपात हुन थालेपछि आवासीय चिकित्सकले केही दिनदेखि काठमाडौंमा प्रदर्शन गरिरहेका छन्  ।

उनीहरुले आज नयाँबानेश्वर–माइतीघर सडकखण्डमा प्रदर्शन गरेका हुन् । बबरमहल तर्फबाट आएको चिकित्सकहरुको जुलुश नयाँबानेश्वर चोकतर्फ अघि बढ्न खोजेपछि प्रहरीले रोक्दा ठेलमठेल भएको थियो । निषेधित क्षेत्रभित्र प्रवेश गर्न नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

चिकित्सकहरुले भने आफूहरुको प्रदर्शन शान्तिपूर्ण रहेको भन्दै अगाडि बढ्न दिन माग गरेका थिए । तर प्रहरीले निषेधित क्षेत्रभित्र प्रवेश गर्न नदिने भन्दै उनीहरुलाई रोक्यो । प्रहरीले रोकपछि  चिकित्सकहरुले ‘प्रहरी दमन बन्द गर’ भन्दै नारा लगाए । बीच सडकमै विरोध प्रदर्शन गर्दा यातायात आवागमन प्रभावित हुने गरेको छ ।

dr_aandolan_1.jpg
dr_aandolan_2.jpg

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP