देशका विभिन्न ठाउँमा चिकित्सकमाथि हातपात भएपछि मंगलवारदेखि सडकमा उत्रिएका चिकित्सकले आज पनि माईतीघर मण्डलामा प्रदर्शन गरे । उनीहरुले देशमा बस्न नसकिने अवस्था बन्दै गएको बताए । उनीहरुले सुरक्षाको ग्यारेन्टी नभएको भन्दै कसरी काम गर्ने भनेर पनि सरकारसँग प्रश्न गरेका छन् । चिकित्सक र स्वास्थ्यकर्मीहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ अविलम्व कार्यान्वयनको माग राखेका छन् ।