बुधबार , भाद्र १७, २०८३

९ असोज,बुटवल । डेंगु संक्रमणबाट पाल्पामा एक जनाको मृत्यु भएको छ ।

माथागढी गाउँपालिका-१ चिदीपानी बुढीकोटका ३५ वर्षीय गोविन्द सारुको डेंगु संक्रमणबाट मृत्यु भएको हो ।

तानसनेस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा सारुको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले  बताए ।

सारुलाई असोज ५ गते अस्पतालमा भर्ना गरिएको थियो । उनलाई डेंगुका साथै स्क्रबटाइफ ससमेत पोजिटिभ देखिएको प्रमुख गिरीले जानकारी दिए ।

जिल्लामा डेंगु संक्रमणबाट यसअघि तानसेन नगरपालिका–६, बर्तुङकी ६९ वर्षीया महिला र स्याङ्जा गल्याङकी एक बालिकाको  मिसन अस्पतालमै उपचारका क्रममा मृत्यु भएको थियो । पाल्पामा हाल डेंगुबाट २ सय ८५ जना संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP