बिहिबार , बैसाख २५, २०८२

सल्यानमा जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते छन्।

रोल्पाबाट तरकारी बोकेर दाङको तुलसीपुर तर्फ आउँदै गरेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जिप सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक सेता पैरा भन्ने ठाउँमा दुर्घटनामा परेको थियो।

जिप सडकदेखि झन्डै तीन सय मिटर तल खसेको प्रहरीले बताएको छ।

मृतक दुबै जना पुरुष हुन्। उनीहरूको सनाखत हुन बाँकी रहेको सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठले सेतोपाटीलाई बताए।

दुर्घटनामा दाङको तुलसीपुर उपमहानगरपालिका– २ का ३५ वर्षीय नारायण योगी गम्भीर घाइते छन्। उनलाई कपुरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि दाङको तुलसीपुर पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए।

दुर्घटनाबारे सवा ६ बजेतिर प्रहरीलाई सूचना आएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए। तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको आशंका गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP