मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । भारतीय राजदूतावासले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणपछि भएका उपलब्धि  सार्वजनिक गरेको छ।

काठमाडौंस्थित भारतीय राजदूतावासले सामाजिक सञ्जाल एक्समार्फत् शनिबार दिउँसो विकास साझेदारीले थप गति लिएको उल्लेख गर्दै विभिन्न महत्त्वपूर्ण आयोजनाको प्रगति विवरण सार्वजनिक गरेको हो।

विशेष गरी प्रधानमन्त्रीको भ्रमणका क्रममा दश वर्षमा भारततर्फको विद्युत् निर्यात क्षमतालाई १० हजार मेगावाट पुर्‍याउने प्रतिबद्धतालाई यथार्थमा बदल्ने प्रयास भएको राजदूतावासले जनाएको छ। त्यस्तै, १३२ केभी टनकपुर– महेन्द्रनगर प्रसारण लाइनमार्फत् विद्युत थप भएको उल्लेख गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन गएर राष्ट्रपति सी चिनफिङलाई भेटेकै दिन भारतले प्रगति विवरण सार्वजनिक गरेको हो ।

प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र मोदीबीच भएको भेटघाटका तस्बिर सार्वजनिक गर्दै राजदूतावासले भनेको छ, ‘विकास सहयोग सम्बन्ध सुदृढ र परिवर्तन गर्दै अघि बढ्छौं।’

राजदूतावासले कुर्था–बिजलपुरा रेल, विसं २०७२ मा गएको महाभूकम्पपछि ललितपुरको नापिचन्द्र महाविहार पुननिर्माण, बूढानीलकण्ठ धर्मशाला पुनःनिर्माण लगायतका विषयहरूलाई पनि उलब्धिका रुपमा सार्वजनिक गरेको छ। प्रधानमन्त्री प्रचण्ड गत जेठ १७ देखि २० सम्म भारत भ्रमण गरेका थिए। पदभार ग्रहण परेपछि प्रचण्डले पहिलो भ्रमण नै भारत गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP