बुधबार , भाद्र १७, २०८३

मलङ्गवा । जिल्ला प्रशासन कार्यालय सर्लाहीले मलङ्गवा नगर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

मूर्ति सेलाउने क्रममा भएको विवादसम्बन्धी विषयलाई लिएर साविक मलङ्गवा नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी, ढुङ्गामुढा प्रहार, उच्छृङ्खल गतिविधिलगायत विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने जोखिमलाई मध्यनजर गरी कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासनले जनाएको छ ।

पुरानो मलङ्गवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्टरबाबा पेट्रोल पम्प) सीमा तोकिएको छ ।

ती क्षेत्रभित्र कसैले आवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिँडडुल गर्न एव अरू कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाउने गरी बिहीबार राति १० बजेदेखि अर्को आदेश वा व्यवस्था नहुन्जेलसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP