मंगलबार , बैसाख २९, २०८३

रुपन्देही । सत्तारुढ लोकतान्त्रिक समाजवादीका तीन सांसदले बुधवार रुपन्देहीमा देखाएको भूमिकाले सर्वसाधारणलाई आश्चर्यमा पारेको छ ।

प्रदेश संसदीय दलको नेता तथा पार्टीको प्रदेश अध्यक्ष सन्तोष पाण्डेय रुपन्देहीको कार्यक्रममा अहिलेको संविधान साझा दस्ताबेज भएको बताउँदै कार्यान्वयनमा जोड दिनुपर्ने भाषण गरिरहेका थिए भने सोही पार्टीका सचेतक र अर्का एक सांसदले असोज ३ लाई कालो दिन भन्दै सडकमा प्रदर्शन गरिरहेका थिए ।

पाण्डेय लुम्बिनी प्रदेश सरकारको गृहमन्त्री छन् । पाण्डेयले रुपन्देहीको सियारी गाउँपालिकामा आयोजित संविधान दिवस कार्यक्रममा संविधानलाई सबैको साझा दस्ताबेजको रूपमा स्वीकार गर्नका लागि आवश्यकता र समयको माग अनुसार संविधान संशोधन गर्दै कार्यान्वयनमा जोड दिएका थिए।

तर उनकै पार्टीले बुधवार नै भैरहवामा आयोजना गरेको विरोध कार्यक्रममा दलका उपनेता कन्हैया बनिया र प्रमुख सचेतक हेमा वेल्वासेले विरोध प्रदर्शन गर्दै कालो दिन मनाएका थिए । उपनेता बनियाले संविधान दिवसको दिन ब्लयाक डे मनाउनुपर्ने दुर्भाग्यपूर्ण अवस्था रहेको बताए ।

उनले भने, ‘संविधान जारी भएकै दिन हामी आन्दोलनमा थियौँ । संविधानमा भएका त्रुटिपूर्ण प्रावधानहरू सच्याएर संविधान संशोधन नभएसम्म हाम्रो विरोध जारी रहन्छ ।’

मधेशी, मुस्लिम, जनजाति, दलित, महिला लगायत उत्पीडित समुदायको अधिकार संविधानले समेट्न नसकेको उनको भनाइ छ ।

त्यस्तै लोसपा लुम्बिनी प्रदेश संसदीय दलकी प्रमुख सचेतक हेमा बेल्बासे केसीले संविधान बनाएर मात्र नहुने भएकाले त्यसको कार्यान्वयन आवश्यक रहेको बताइन् ।

उनले आफूहरू संविधान विरोध नभएको तर संविधानमा रहेका त्रुटिपूर्ण प्रावधानहरू संशोधन नगरेसम्म प्रत्येक वर्ष विरोध गरिरहने बताइन् ।

उनले भनिन्, ‘संविधान संशोधन नभएसम्म विरोधका कार्यक्रम जारी राख्छौँ । सदन र सडक दुवैबाट विरोध गर्छौँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP