आइतबार , भाद्र १४, २०८३

काठमाडौँ । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संशोधनसहित संसदबाट पारित नगरको भए नेपालको हात तल पर्ने दाबी गरेका छन् । एकीकृत समाजवादीले काठमाडौँले सोमबार गरेको कार्यक्रममा उनले आफ्नो अडानका कारण एमसीसी सम्झौता संशोधन भएको जिकिर गरेका हुन् ।

कार्यक्रममा नेपालले पूर्व प्रधानमन्त्री झलनाथ खनालप्रति इंगित गर्दै एमसीसीको  गीत गाएर पार्टी कमजोर बनाउने र अमेरिकाको स्वार्थ संरक्षण गरेको आरोप लगाए ।

‘केही केही मान्छेको गीत नै के छ भने एमसीसीलाई अस्वीकार गर्नुपर्थ्यो । त्यो गरेर हामीलाई सरकारबाट फाल्दिने, पार्टीलाई कमजोर बनाउने, अमेरिकनको स्वार्थको रक्षा हुने, विदेशीको हालीमुहाली चल्दा तमासा हेरेर बस्ने, अनि जनताले हामीलाई वाहा वाहा क्रान्तिकारी भनेर साथ दिने थिए भनेर हवाई कल्पना गरेर मात्र  केही हुने थिएन’, खनालप्रति आक्षेप लगाउँदै नेपालले भने, ‘हामी सबैलाई थाहा छ । एमसीसीको घोर विरोध गरेको नेपाल मजदुर किसान पार्टी वाही वाहीको शिकार हुन्थ्यो भने अहिले देशभर फैलिसक्थ्यो । मोहनविक्रमजीको पार्टीलाई भोटै भोट खसालेर १०० सिट दिने थिए ।’

एमसीसीलाई लिएर नेकपा एसभित्र झलनाथ खनाल कडा रूपमा प्रस्तुत भएका छन् । उनले एमसीसीलाई आइपीएसको अंग भएको भन्दै कुनै हालतमा सम्झौता लागू गर्न नहुने चेतावनी दिँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP