मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको वित्तीय प्रतिवेदनअनुसार यो रेमिट्यान्स  गत वर्षको साउन महिनाको तुलनामा २५.८ प्रतिशत बढी हो ।

अमेरिकी डलरमा भने गत वर्षको साउनको तुलनामा यो साउनमा २१.५ प्रतिशतले रेमिट्यान्स वृद्धि भई ८७ करोड ९८ लाख डलर पुगेको छ ।  विदेश जानेको संख्या उल्लेख्य बढेकाले रेमिट्यान्समा सकारात्मक प्रभाव देखिएको हो ।

तर यो साउनमा भने अन्तिम श्रम स्वीकृति लिनेको संख्या गत वर्षको साउनको तुलनामा घटेको छ । साउनमा संस्थागत तथा व्यक्तिगत रुपमा श्रम स्वीकृति लिने नेपालीको संख्या १२।१ प्रतिशतले कमी आई ३९ हजार १५२ कायम भएको छ ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १९.५ प्रतिशतले कमी आई १६ हजार ४२३ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा श्रम स्वीकृति लिनेको संख्या संख्या ७५.४ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP