आइतबार , भाद्र १४, २०८३

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन  ढिलो गरे अन्तर्राष्ट्रिय साख नराम्रोसँग गिर्ने बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउनुको  विकल्प नभएको बताए ।

‘हरहालतमा शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्याउनुको विकल्प छैन।, ढिला गरियो भने यही कुराले हाम्रो अन्तर्राष्ट्रिय साख नराम्रोसँग गिर्नेछ भन्ने कुरामा हामी सचेत छौं,’ प्रवक्ता सापकोटाले भने।

शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन दलहरूसँग सहमतिको प्रयास भइरहेको पनि उनले बताए। ‘यसैका लागि अरु जे जे सहमति गर्नुपर्छ त्यो गरेर, खासगरी सत्तारुढ हाम्रो पार्टी नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र एमालेकाबीचमा सहमति गर्ने र सबै पार्टीसँग सहमति गर्ने कोशिस भइरहेको छ,’ उनले भने।

शान्ति प्रक्रियाका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न न्युयोर्क भ्रमणमा पनि गम्भीर ढंगले कुराकानी गर्ने उनले जानकारी दिए। ‘शान्ति प्रक्रियामा सबैतिर गम्भीर ढंगले कुराकानी गर्दैछौं। यो त राष्ट्रिय समस्या हो नि। यो कुनै पार्टी वा नेता विशेषको कुरा होइन,’ उनले भने, ‘१८ वर्ष लागिसक्दा पनि यो निश्कर्षमा पुर्याउन नसक्दा राष्ट्रिय रुपमा कमजोरीको विषय हो। यसलाई एक नम्बरमा राखेर सबैतिर अन्तरक्रिया भएको छ। सबैभन्दा बढी समय प्रधानमन्त्रीले यसैका लागि खर्च गर्नुभएको छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP