शुक्रबार , बैसाख १२, २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले पार्टीमा छलफल नै नगरी अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन ९अपानि० जारी गरेको भन्दै सार्वजनिक रुपमै असन्तुष्टि जनाएका छन् ।

शुक्रबार राजधानीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता खनालले अध्यक्ष नेपालको कदम खतरनाक भएको टिप्पणी गरे । ‘यो एकदम खतरनाक कुरा हो, कसैको पनि सहमति छैन ।’ पार्टीको कुनै कमिटीमा छलफल नगरी जारी भएको बताउँदै उनले भने, पार्टीको कुनै पनि कमिटीले निर्णय गरेको छैन । यो यत्तिकै जारी भएको छ । यसबारेमा हामी छलफल गर्दैछौं ।

अध्यक्ष नेपालले विहीवार जारी गरेको अपानीमा पार्टी केन्द्रीय कमिटी र सचिवालयको निर्णय भन्दै नेताहरुको जिम्मेवारी हेरफेर,कार्य विभाजन र विभिन्न कमिटीमा मनोनयन गरिएकोमा खनालले असहति जनाएका हुन् ।  निर्णविरुद्ध देशभरमै असहमति देखिएको छ । केही नेताले पार्टी छाडेको घोषणा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख ११, २०८२ बिहिबार 50 Views

माओवादी संसदीय दलको बैठक सिंहदरबारमा

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP