आइतबार , भाद्र १४, २०८३

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले पार्टीमा छलफल नै नगरी अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन ९अपानि० जारी गरेको भन्दै सार्वजनिक रुपमै असन्तुष्टि जनाएका छन् ।

शुक्रबार राजधानीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता खनालले अध्यक्ष नेपालको कदम खतरनाक भएको टिप्पणी गरे । ‘यो एकदम खतरनाक कुरा हो, कसैको पनि सहमति छैन ।’ पार्टीको कुनै कमिटीमा छलफल नगरी जारी भएको बताउँदै उनले भने, पार्टीको कुनै पनि कमिटीले निर्णय गरेको छैन । यो यत्तिकै जारी भएको छ । यसबारेमा हामी छलफल गर्दैछौं ।

अध्यक्ष नेपालले विहीवार जारी गरेको अपानीमा पार्टी केन्द्रीय कमिटी र सचिवालयको निर्णय भन्दै नेताहरुको जिम्मेवारी हेरफेर,कार्य विभाजन र विभिन्न कमिटीमा मनोनयन गरिएकोमा खनालले असहति जनाएका हुन् ।  निर्णविरुद्ध देशभरमै असहमति देखिएको छ । केही नेताले पार्टी छाडेको घोषणा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP