बुधबार , भाद्र १७, २०८३

काठमाडौं। दिवंगत एमाले उपाध्यक्ष तथा संसदीय दलका उपनेता एवं संविधानसभाका अध्यक्ष  सुवास नेम्वाङका विदेशमा रहेका दुई छोराहरु स्वदेश आइपुगेका छन्। नेम्वाङकका कान्छा छोरा सुहाङ अष्ट्रेलियाबाट  मंगलबार नै स्वदेश आइसकेका थिए भने जेठा छोरा मिङसो बेलायतबाट आज बुधबार आइपुगेका हुन् ।

मंगलबार निधन भएका नेम्वाङको भाेलि बिहीबार हिन्दु र किराती परम्परा अनुसार अन्त्येष्टि गरिने परिवारजनले जनाएका छन्। आफ्नै निवासमा मंगलबार बिहान अचानक हृदयघात भएपछि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा १ः४० बजे पुर्‍याउँदा उनलाई मृत घोषित गरिएको थियो। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेम्वाङलाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्दै बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP