
काठमाडौं । त्रिभुवन विमानस्थल बाहिरबाट एक किलो अवैध सुन बरामद भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले आज सुन बरामद भएको हो ।
सुन विदेशबाट विमानमार्फत् आएको बताइएको छ । त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सुन बोक्न प्रयोग गरिएका ट्याक्सी चालक समातिएका तर उक्त सुन बुझ्न गएका व्यक्ति भने भाग्न सफल भएको बताइएको छ ।