बुधबार , भाद्र १७, २०८३

काठमाडौँ ।  शिक्षक सेवा आयोगले एक वर्षमा १३ हजार भन्दा बढी शिक्षकलाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको छ । गत आर्थिक वर्ष २०७९/८० मा आयोगले प्राथमिक तह तृतीय श्रेणी, निम्नमाध्यमिक  र माध्यमिक गरेर तीन तहका लागि १३ हजार ४९४ जनालाई स्थायी शिक्षक नियुक्तका लागि सिफारिस गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक प्रगति प्रतिवेदन अनुसार आयोगले उक्त संख्यामा सिफारिस गरेको हो । शिक्षक पदको खुला प्रतियोगिताका लागि मावि तर्फ १ हजार १८२ जनालाई स्थायी नियुक्तिका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सिफारिस गरेको हो ।

त्यस्तै १ हजार ९५९ जना निमावी र १० हजार ३५३ जनालाई प्रावि तहमा स्थायी शिक्षक नियुक्तिका लागि केन्द्रलाई सिफारिस गरेको हो । त्यस्तै आयोगले गत वर्ष ३ हजार २९० जना श्क्षिकहरूको कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा गरेको थियो ।

आयोगले गत वर्ष नै ९ हजार ७६५ शिक्षक पदको लागि विज्ञापन समेत प्रकाशन गरेर सामान्य परीक्षाको नतिजा समेत प्रकाशन गरेको थियो । ति उम्मेद्वारहरूको चालु आर्थिक वर्षमा समेत छनौटको प्रकृया चलिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP