आइतबार , भाद्र १४, २०८३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत २१ अगस्टमा उत्तरी छिमेकी चीनले जारी गरेको नक्सालाई लिएर आफू गम्भीर रहेको बताएका छन्।

असोज पहिलो साता हुन लागेको चीन भ्रमणलाई लिएर संसद्‍मा प्रतिनिधित्व गर्ने दलहरुसँग आइतबार सिंहदरबारमा आयोजित छलफलमा यसबारे चीनसँग गम्भीर ढंगले कुरा राख्ने बताए । नेपालले २०७५ वैशाखमा जारी गरेको चुच्चे नक्साको भूभाग भारततिर देखिने गरी चीनले आफ्नो राजनीतिक नक्सा जारी गरेपछि विरोध भइरहेका बेला प्रधानमन्त्रीको यस्तो भनाइ आएको हो।

‘यसबारेमा म गम्भीर छु, नेपालको पारित भइसकेको नक्साबारेमा प्रस्ट पारिसकेको छु’, उनले भने, ‘हामीले संसद्‍बाट जारी गरेको नक्साको छिमेकीहरुले सम्मान गर्नुपर्ने कुरा प्रस्ट पारिसकेका छौँ। तपाईंहरुको सुझावलाई मनन गर्दै यसबारेमा थप कुरा राख्नेछु।’
बैठकमा दलका नेताहरुले भ्रमणमा जाँदा चीनद्वारा भर्खरै जारी भएको नक्सामा ध्यान दिनुपर्ने कुरा उठाएका थिए। उनीहरुले यसबारेमा चीनसँग कुरा गर्न भनेपछि प्रधानमन्त्रीले आफू गम्भीर रहेको जवाफ दिएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP