बुधबार , भाद्र १७, २०८३

काठमाडौँ । ओकिनावा शिक्षा विभाग जापान र नेपालको एल.आर.आई. विद्यालयबीच विद्यार्थी शैक्षिक आदानप्रदान गर्ने सहमति भएको छ ।  जापानको प्रिफेक्चुरल एजुकेशन बोर्ड, ओकिनावा तथा ओकिनावा प्रिफेक्चुरल चान्टन सिनियर हाई स्कुल जापान, ओकिनावा शिक्षा विभागको निमन्त्रणामा जापान भ्रमणमा गएको एलआरआई विद्यालयका पदाधिकारीसँगको भेटमा उक्त सहमति भएको हो ।

जापानको ओकिनावा शिक्षा विभागले एल.आर.आई. विद्यालयको सहकार्यमा नेपालका ग्रामीण क्षेत्रका विद्यालय र विद्यार्थी लक्षित शैक्षिक गतिविधिमा सहयोग गर्न इच्छुक रहेको बताएको छ । भेटका क्रममा विद्यालयका प्रिन्सिपल डा. देवकान्त जोशीले नेपालको शिक्षा नीति र शैक्षिक क्षेत्रको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

भेटमा जापानको प्रतिनिधि मण्डलले नेपाल भ्रमण गरी एल.आर.आई. विद्यालयसँग विद्यार्थी आदानप्रदान गर्ने सम्बन्धी सम्झौता गरिने प्रतिबद्धता जनाइएको छ । एल.आर.आई. विद्यालयले यस अघि नै विश्वको १८ देशका विद्यालयबीच शैक्षिक आदानप्रदान कार्यक्रममा आपसी सम्झौता गरिसकेको छ । यस्तो कार्यले आफ्ना विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ग्लोबल सिटिजनको को अवधारणामा उत्प्रेरित गर्ने विश्वास लिएको विद्यालयका प्रमुख प्रशासकीय अधिकृत दीपक जोशीले बताए । भ्रमणका क्रममा प्रतिनिधि मण्डलले ओकीनावका चान्टन सिनियर हाईस्कुल जापान र ओकीनावा शिक्षा विभागले स्थापना गरेको विशाल पुस्तकालयको अवलोकन गरेको छ ।

यो पुस्तकालयमा विभिन्न देशको पुस्तकलाई राखिएको छ । एल.आर.आई विद्यालयले नेपाल सम्बन्धी पुस्तक उपलब्ध गराएमा पुस्तकालयमा नेपाल बुक कर्नर राख्ने सहमति भएको छ । यसले देशकै प्रतिष्ठा बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसै गरी भ्रमणका क्रममा जापानको अन्य विद्यालयहरूको पनि अध्ययन भ्रमण गरिएको थियो। जापानको शैक्षिक भ्रमण टोलीको नेतृत्व विद्यालयका गुठीयार यशोधरा पन्तले गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP