शनिबार , बैसाख २७, २०८२

काठमाडौं । सञ्चालनमा आएको आठ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान शुरु भएको छ।

शनिबार बिहान ड्रुक एयरको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटानको थिम्पुका लागि उडेको विमानस्थलका प्रमुख देवचन्द्र लाल कर्णले जानकारी दिए।विमानमा चालक दलका तीनजना सदस्यसहित ४२ जना सवार छन्।

भुटानको पारो विमानस्थलबाट चालक दलका तीन सदस्यसहित शनिबार बिहान ६:४५ मा पोखरा ओर्लिएको जहाज ४२ युरोपेली पर्यटक बोकेर ८::१५ मा थिम्पु फर्किएको हो।पोखरा पर्यटन परिषद्को नेतृत्वमा पर्यटन व्यवसायीले विमानस्थलमा ड्रुक एयरका चालक दललाई स्वागत र थिम्पु जाने पर्यटकलाई बिदाइ गरे ।

यसअघि गएको असार ६ गते चीनको सिचुवान एयरलाइन्सको एयरबस–३१९ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। त्यतिबेला चीनबाट चार्टर्ड गरेर आएको सो विमान यताबाट भने यात्रु नलिइ रित्तै फर्किएको थियो। गएको पुस १७ गतेबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP