शनिबार , बैसाख २७, २०८२

२९ जना घाइते, २ को अवस्था गम्भीर

बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।

दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस शुक्रबार बेलुका साढे ९ बजे बाँकेको राप्तीसोनारी गाउँपालिका-८ शमशेरगञ्जमा सडकमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकसँग ठोक्किँदा चालकसहित सात जनाको मृत्यु भएको बाँकेका डिएसपी नारायण डाँगीले जानकारी दिए।

मृत्यु हुनेमा बर्दिया ठाकुरबाबा नगरपालिका-३ का ५० वर्षीय काशिराम थारू, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रूपा परियार, ४० वर्षीया जयन्ती थारू छन्। मृतक तीन जनाको भने परिचय खुलिसकेको छैन।

डिएसपी डाँगीका अनुसार बसमा ४१ यात्रु सवार थिए। उनीहरू सबै बेतनी सामुदायिक वन उपभोक्ता समिति ठाकुरद्वार बर्दियाको टोली हुन्। उनीहरू  दाङ भ्रमणबाट फर्किँदै थिए।

दुर्घटनामा २८  जना घाइते भएका छन्। तीमध्ये २ जनाको अवस्था गम्भीर छ भने बाँकी १९ जना सामान्य रहेको डिएसपी डाँगीले जानकारी दिए।

उनका अनुसार घाइते सबैलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP