बिहिबार , बैसाख ११, २०८२

विराटनगर । नेकपा एमालेका नेता हिक्मतकुमार कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले आज मुख्यमन्त्री नियुक्त गरी सपथ गराउने भएका छन् ।  सर्वोच्च अदालतले हिजो ४८ घण्टाभित्र कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएकोमा अदालतको आदेश प्राप्त भएलगत्तै मुख्यमन्त्री नियुक्ति गरेर सपथको तयारी भएको हो ।

प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरी शुक्रबार साँझ ६ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । कार्यालयका निमित सचिव नरेन्द्र श्रेष्ठका अनुसार सर्वोच्चको आदेशको जानकारी आएकोले मुख्यमन्त्री नियुक्तिको प्रक्रियासँग सपथको तयारी भएको हो ।
सर्वोच्चले बिहीबार उद्धब थापाले भदौ ४ गते प्रदेशसभाबाट लिएको विश्वासको मत बदर गर्दै उनलाई मुख्यमन्त्रीबाट पदमुक्त गरि संविधानको धारा १६८ को उपधारा ३ अनुसार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान, कुमार चुडाल र नहकुल सुवेदी सम्मिलित सर्वोच्चको पूर्ण इजलासले परमादेश जारी गरेको थियो । परमादेश अनुसार मुख्यमन्त्री नियुक्त भएपछि कार्कीले २ जना प्रदेशसभा सदस्यलाई मन्त्री नियुक्त गर्न तयारी गरेका छन् । झापाका एकराज कार्की र ताप्लेजुङका तिलकुमार मेन्याङ्बोलाई मन्त्री नियुक्त गर्ने कार्कीको तयारी छ । कार्कीको सरकारमा राप्रपा भने सहभागी नहुने बताइएको छ ।

९३ सदस्यीय कोशी प्रदेशसभामा सबैभन्दा बढी उपसभामुखसहित ४० सदस्य एमालेको रहेको छ । कार्कीले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ । त्यो अवस्थामा उपसभामुखले मतदान गर्न नपाउने भएकोले कार्कीको पक्षमा ३९ सांसद मात्र हुने सम्भावना छ । प्रदेशसभामा कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ सांसद छन् ।

प्रदेशसभाको पहिलो कार्यकालमा ३ वर्षभन्दा धेरै आन्तरिक मामिला तथा कानूनमन्त्री रहेका कार्की गत मंसिरमा भएको निर्वाचनपछि पुस २४ गते माओवादी केन्द्र, राप्रपा र जसपासमेतको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । माओवादी र जसपाले समर्थन फिर्ता लिएपछि प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेर असार १५ गते उनी पदमुक्त भएका थिए ।

विश्वासको मतका लागि प्रदेशसभामा मतदान हुँदा कार्कीको पक्षमा ४६ र विपक्षमा ४३ मत परेको थियो । विश्वासको मत प्राप्त गर्न ४७ मत आवश्यक पर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP