बिहिबार , बैसाख ११, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टीका सह-महामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोध गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर उनले यादवमाथिको आक्रमणलाई थामथुम पार्ने प्रयास भएको भन्दै आपत्ति जनाए ।

प्रधानमन्त्री र गृहमन्त्रीले ठाउँठाउँमा ‘यसलाई छाडिने छैन’ भन्ने जस्ता शब्दहरु प्रयोग गर्ने गरेको उल्लेख गर्दै थापाले भने, ‘म आग्रह गर्न चाहन्छु । जिम्मा लिएकाले धेरै बोल्ने होइन, गर्ने हो ।’
यसबारे गहिरो अनुसन्धान गर्न पनि उनले माग गरे । ‘सन्काहाले हान्यो भनेर यसलाई थामथुम पार्ने सामसुम पार्न खोजिँदैछ । नेपाल कांग्रेसको तर्फबाट सरकारलाई सचेत गराउन चाहन्छु । सरकारको ध्यानाकर्षण गराउन चाहनछु । या विषयको गहिरो अनुसन्धान भएर सबै पक्षहरुको बारेमा अनुसन्धान होस्,’ महामन्त्री थापाले भने ।

साथै, महामन्त्री थापाले शान्ति सुरक्षाको विषयमा सरकारको ध्यानाकर्षण गराए । ‘गृहमन्त्रीलाई सोध्न चाहन्छु- के अब हामीले काठमाडौंमा एक्लै हिंड्न नमिल्ने भएको हो ? कोही जलाइदिन्छु भन्छ कोही खुकुरी हान्छ । हामी एक्लै हिंड्न हुने हो कि नहुने हो ? ’ महामन्त्री थापाले प्रश्न गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP