आइतबार , भाद्र १४, २०८३

काठमाडौं । समयमा उपचार नपाउँदा कान्ति बाल अस्पतालमा एक बालिकाको निधन भएको विषय संसदमा उठेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरुले  सरकारको ध्यानाकर्षण गराएका हुन् ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू स्वास्थ्यमन्त्री हुँदैखेरि कसैले पनि उपचार अभावमा ज्यान गुमाउनुनपरोस् भनेर मापदण्ड बनाइए पनि अझै लापरबाही भइरहेको बताए।

उनले उपचार अभावमा बालिकाको ज्यान जाने जस्तो गम्भीर घटनामा सरकारले जवाफ दिनुपर्ने माग गरे । नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले बैठकमा समय लिएर बोल्दै मकवानपुरको थाहा नगरपालिका–१० जीतबहादुर गोपालीकी छोरी पाँच वर्षीया रेजिशा गोपालीको निधन अस्पतालको लापरबाहीका कारण भएको बताए।

उनले घटनाको छानबिन र दोषीलाई कारबाही गरी पीडितलाई न्याय दिन माग गरेका छन्। सबै बालबालिकालाई सहजरुपमा उपचारको उचित प्रबन्ध गराउन माग पनि उनले गरे। राष्ट्रिय स्वतन्त्र पार्टीका डा. चन्दा कार्की भण्डारीले बालिकाको निधन दुःखद् भएको बताउँदै सरकारी अस्पतालको भौतिक पूर्वाधार विस्तारमा लगानी नगरेकोमा आपत्ति जनाइन्।

उनले यस्ता घटनामा अस्पताल र चिकित्सकलाई मात्रै दोष दिन नमिल्ने पनि बताएकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP