सोमबार , चैत्र २४, २०८१

डार्विनको बाल हेरचाह केन्द्रमा एक बालकको अचानक मृत्यु भएको घटनाबारे प्रहरीले गहन रुपमा अनुसन्धान अघि बढाएको छ । नर्दन टेरिटोरी पुलिसले २०२३ सेप्टेम्बर २ शनिबार डार्विनमा हम्प्टी डूको बाल हेरचाह केन्द्रमा गम्भीर विरामी भएका बालकको उपचारका क्रममा भएको अप्रत्याशित मृत्युको घटनामाथी थप अनुसन्धान गरिरहेको जानकारि दिएको हो ।

सेन्ट जोन एनटीका प्रवक्ताले अगस्ट ३१ मा हम्प्टी डूको बाल हेरचाह केन्द्रमा बालक गम्भीर अवस्थामा भेटिएपछि प्यारामेडिकहरूलाई बोलाइएको जानकारी दिनुभएको छ । यसपछि गम्भिर अवस्थामा रहेका बालकलाई रोयल डार्विन अस्पताल लगिएको भएपनि २ दिनपछि मृत्यु भएको बताइएको छ । घटना के कति कारणले घट्यो ? भन्नेबारे अनुसन्धान थालेको प्रहरी अहिले स्थलगत तथ्यसहितका विभिन्न शंकास्पद प्रमाणको खोजीमा ब्यस्त छ ।

नर्दन टेरिटोरी प्रहरीले घटनाको वास्तविकता बाहिर ल्याउने दाबी गर्दै यस्ता घटना नदोहोरिनेतर्फ सबैलाई सचेत समेत गराउँदै आएको छ ।

NT का कार्यवाहक मुख्य मन्त्री निकोल मनिसनले आज यस त्रासदीको बारेमा कुरा गरे
“अहिले हाम्रो प्राथमिकता यो शोकमा परेका परिवारलाई आवश्यक पर्ने समय र ठाउँ पाउँछ भन्ने कुरा सुनिश्चित गर्नु हो, जबकि यी महत्त्वपूर्ण प्रक्रियाहरू पनि हुन्छन्,” उनले भनिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

घरमा एक्लै बस्ने वृद्धवृद्धा मारिने क्रम बढ्यो, सम्पत्ति लुटपाट मुख्य उद्देश्य

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP