शनिबार , भाद्र १३, २०८३

डार्विनको बाल हेरचाह केन्द्रमा एक बालकको अचानक मृत्यु भएको घटनाबारे प्रहरीले गहन रुपमा अनुसन्धान अघि बढाएको छ । नर्दन टेरिटोरी पुलिसले २०२३ सेप्टेम्बर २ शनिबार डार्विनमा हम्प्टी डूको बाल हेरचाह केन्द्रमा गम्भीर विरामी भएका बालकको उपचारका क्रममा भएको अप्रत्याशित मृत्युको घटनामाथी थप अनुसन्धान गरिरहेको जानकारि दिएको हो ।

सेन्ट जोन एनटीका प्रवक्ताले अगस्ट ३१ मा हम्प्टी डूको बाल हेरचाह केन्द्रमा बालक गम्भीर अवस्थामा भेटिएपछि प्यारामेडिकहरूलाई बोलाइएको जानकारी दिनुभएको छ । यसपछि गम्भिर अवस्थामा रहेका बालकलाई रोयल डार्विन अस्पताल लगिएको भएपनि २ दिनपछि मृत्यु भएको बताइएको छ । घटना के कति कारणले घट्यो ? भन्नेबारे अनुसन्धान थालेको प्रहरी अहिले स्थलगत तथ्यसहितका विभिन्न शंकास्पद प्रमाणको खोजीमा ब्यस्त छ ।

नर्दन टेरिटोरी प्रहरीले घटनाको वास्तविकता बाहिर ल्याउने दाबी गर्दै यस्ता घटना नदोहोरिनेतर्फ सबैलाई सचेत समेत गराउँदै आएको छ ।

NT का कार्यवाहक मुख्य मन्त्री निकोल मनिसनले आज यस त्रासदीको बारेमा कुरा गरे
“अहिले हाम्रो प्राथमिकता यो शोकमा परेका परिवारलाई आवश्यक पर्ने समय र ठाउँ पाउँछ भन्ने कुरा सुनिश्चित गर्नु हो, जबकि यी महत्त्वपूर्ण प्रक्रियाहरू पनि हुन्छन्,” उनले भनिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP