मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिन अगाडि सार्वजनिक रुपमा नै भ्रष्टचारमा प्रचण्ड जोडियो भने पनि नछाड्न निर्देशन दिएको केही दिनमा नै पुर्व उपराष्टपति नन्दकिशोर पुन पासाङको पुत्र दिपेश पुनलाई ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बयान लिएको छ । सीआईबीको अधिकारीहरूले पुनलाई कार्यालयमै बोलाएर बयान लिएका हुन् ।

सुन तस्करीमा मुछिएका अन्यसँग उनको पनि सम्पर्क देखिएपछि बोलाएर बयान लिइएको सीआईबीका एक अधिकारीले उज्यालो नेटवर्कलाई जानकारी दिएका छन् ।

नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीका महासचिवसमेत रहेका पुनलाई सुन प्रकरणमा पक्राउ परेका चिनिया नागरिक दावा छिरिङसंग खिचिएका पुरानो तस्बिरलाई लिएर सामाजिक संजाल चर्को आलोचना समेत भएको थियो ।

राजश्व अनुसन्धान विभागले गत साउन ३ मा हङहङबाट ब्रेक सुमा लुकाएर ल्याइएको सुन एयरपोर्ट भन्सारबाट बाहिरिने क्रममा बरामद गरेको थियो ।

सो प्रकरणमा सुरुमा विभागले नै अनुसन्धान गरेको भएपनि पछि सीआईबीले जिम्मा पाएको थियो । आफूले अनुसन्धानको जिम्मा पाएसँगै सीआईबीले सोधपुछ र अनुसन्धानलाई तीव्रता दिएको छ ।

यो प्रकरणमा २६ जना पक्राउ परिसकेका छन् । राजस्वले सुन तस्करीबारे अनुसन्धान गर्न साउन २१ मा सिआईबीलाई जिम्मेवारी हस्तान्तरण गरेको थियो ।

हालसम्म पक्राउ पर्नेहरुको सूचीः रामकुमार भुजेल, दिलिप भुजेल, हर्कराज राई, थाप्तेन छिरिङ, राजेन्द्र राई, अशोक लामा, जीक्वाङ लिन, राजन श्रेष्ठ, पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, यादव पराजुली, सुदर्शन गौतम, सन्तोष चन्द, कुमार ढकाल, सरोज श्रेष्ठ, सुरेन्द्र तामाङ, दावा छिरिङ, टीयान मि, वेन तोङ, डीङ सेग्फा, ली–नेङकाई, याओ पुचेङ्ग, ली वेन सुङ्ग, गणेश पौडेल, किशोर बस्नेत र सुमन खरेल ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करी प्रकरणका लागि छानबिन गर्न उच्चस्तरीय समितिको गठन हुनुपर्ने भन्दै लामो समय सदन अबरुद्ध गरेका थिए ।

एमालेले निरन्तर सदन अबरुद्ध गरिरहेपछि सरकार छानबिन समिति गठनका लागि तयार भएका थिए । उच्चस्तरीय छानबिन समितिको संरचना र कार्यक्षेत्रको प्रस्ताव तयार पार्न नेकपा एमालेका सुवास नेम्वाङ, नेपाली कांग्रेसका रमेश लेखक र माओवादी केन्द्रका हितराज पाण्डे सहितकोको कार्यदल गठन गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टी भित्रका नेता कार्यकर्ताहरुलाई बचाउ गर्यो भन्ने आरोप लगाउदै गर्द केही दिन अगाडि माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका पुत्र राहुल महरालाई सिआइबिले पक्राउ गरि अनुसन्धान गरिरहेका छन् भने, आज उपराष्ट्रपति पुनका पुत्रलाई बयान लिएका छन् ।

पार्टी बिग्रेको कारण रुपान्तरण हुनुपर्छ भनेर तीन अभियान संचालन गरिरहेको माओवादीले पहिला आफ्नो पार्टी भित्रका गलत प्रवृत्ति विरुद्ध निर्मम हुनुपर्ने सुझाव आइरहेको बेला प्रधानमन्त्री प्रचण्ड एकपछि अर्को गर्दै आफ्नै पार्टीका कार्यकर्ताहरुलाई निगरानी गरिरहेका छन् ।

भुटानी शरणार्थी प्रकरणबाट निक्कै लोकप्रियता कमाउदै आएको प्रचण्ड सरकारलाई बदनाम गर्न विभिन्न आरोप प्रत्यारोप गर्दै आइरहेको बेला सिआइबिलाई कुनै दबाब बिना अनुसन्धाम गर्न प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका छन् ।
Ujyaalo network

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP