
काठमाडौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना मुद्दामा मंगलबार दुईजना प्रतिवादीको तर्फबाट थुनछेक बहस भएको छ ।
डिल्लीबजार मालपोतका तत्कालिन प्रमुख देउजाको तर्फबाट ४ जना र गुरुङको तर्फबाट ७ जना कानुन व्यवसायीले बहस गरे । कलाधर देउजाको तर्फका वकिलहरुले बहस पुरा गरेका छन् । गुरुङ पक्षका कानुन व्यवसायीको बहस जारी छ ।
देउजाको पक्षबाट अधिवक्ता सविना शाक्य, केदार गुरागाईं, वरिष्ठ अधिवक्ताहरु हर्क भट्टराई र बाबुराम गिरीले बहस गरे ।
मीनबहादुरको पक्षबाट वरिष्ठ अधिवक्ता सुशिल पन्त, शम्भु थापा, शरद कोइराला, कोमल प्रकाश घिमिरे, अधिवक्ता मणि आचार्य, ललित बस्नेत र शम्भु पोखरेलले बहस गरेका छन् । । गुरुङ पक्षका कानुन व्यवसायीको बहस जारी छ ।
ललिता निवास प्रकरणमा अहिलेसम्म ४ जना प्रतिवादीको तर्फबाट थुनछेक बहस सकिएको छ । सो मुद्दामा १८ जना थुनामा छन् ।