शनिबार , बैसाख २७, २०८२

थम्मन थापा, बागलुङ, भदौ १९ | गलकोट नगरपालिकाले बढ्दो बजारिकरणलाई लक्षीत गरी गाडी पार्किङ स्थल निर्माणको प्रक्रियालाई अगाडि बढाएको छ । मध्यपहाडी लोकमार्गको विस्तार र स्थतरोन्नती भएपछि अहिले गलकोटको केन्द्र हटिया बजारमा सवारी साधनको चाप बढेसँगै पार्किङ स्थलको समस्या हुने गरेको छ ।

पार्किङ स्थलको समस्यालाई मध्येनजर गर्दै गलकोट नगरपालिकाले हटिया बजार भित्र झन्डै दुई रोपनी जग्गा भाडामा लिएर पार्किङ स्थल निर्माण कार्यलाई अगाडी बढाएको गलकोट नगरपालिकाका नगर उपप्रमुख तथा सार्वजनिक स्थल व्यवस्थापन समितिका संयोजक फमलाल निउरेले जानकारी दिनुभयो । बिच बजारमा निर्माण गर्न लागिएको पार्किङ स्थलको प्राविधिकद्धारा नक्साङ्कन गरी निर्माण कार्यलाई अगाडी बढाईएको निउरेले बताउनुभयो ।

समितिले नगरपालिका भित्रका सार्वजनिक जग्गा व्यवस्थापन, गाडी पार्किङ स्थल निर्माण, खेलमैदान निर्माण, सवारी साधनको भाडादर समायोजन लगायतका कामहरुलाई क्रमश अगाडी बढाउने गरी गृहकार्य भईरहेको गलकोट नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष तथा सार्वजनिक जग्गा व्यवस्थापन समितिका सदस्य फम बहादुर खत्रीले जानकारी दिनुभयो ।

गलकोट क्षेत्रको मुख्य व्यापारिक केन्द्र हटिया बजारमा निर्माण हुन लागेको पार्किङ स्थलमा यातायात काउन्टर, सार्वजनिक शौचालय, पानीको धारो, यात्रु प्रतिक्षालय सहित चेतनामुलक होडिङ बोर्ड र गलकोटका पर्यटकीय स्थलको वृत्तचित्र राखिने गलकोट नगरपालिकाका प्रवक्ता हिम बहादुर भण्डारीले बताउनुभयो ।

अहिले सवारी साधनको चाँप बढे सँगै गलकोट नगरपालिका क्षेत्रमा ट्राफिक प्रहरीले वैकल्पिक रुपमा वान वे पार्किङ गराई ट्राफिक व्यवस्थापन गर्दै आईरहेको अस्थायी ट्राफिक पोष्ट हटियाका प्रहरी हवल्दार राजेन्द्र खड्काले जानकारी दिनुभयो ।

बढदो जनघनत्व त्यस माथि मध्य पहाडी लोकमार्गमा रुकुम, रोल्पा देखि चौबिसै घण्टा सदरमुकाम बागलुङ बजार, पोखरा, चितवन, काठमाण्डौ चल्ने ठुला तथा साना सवारी साधनको आवत जावतले बसपार्कको अभावमा ट्राफिक व्यवस्थापन समस्या बनेको छ ।

बजारीकरणको तिव्र विकास भए सँगै शहरको झल्को मेटाउने गलकोटको हटिया बजारमा बसपार्क नहुँदा यातायात व्यावसायी र नागरिकले झेल्दै आईरहेको समस्या अब भनें गाडी पार्किङ स्थलको जग्गा व्यवस्थापन भए सँगै हल हुन लागेको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले बताउनु भयो ।

हटिया बजार गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र मात्र नभई पश्चिम बागलुङको बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका सँगै छिमेकी जिल्ला रुकुम र रोल्पाका मानिसहरु मध्यपहाडी लोकमार्ग हुँदै यात्रा गर्ने स्थल पनि हो । बजारको विस्तार सँगै भविष्यमा शहर बन्ने स्थानीयले अपेक्षा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP