मंगलबार , बैसाख २९, २०८३

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङले तीन महिने अभियान अन्तर्गत इलामको माइजोगमाईमा सहिदको चिहान सरसफाइ गरेको तस्बिर र फोटो सामाजिक सञ्जालमा शेयर गरेका छन् । माओवादीका स्थानीय कार्यकर्ताले माईजोगमाईको १ नम्बर वडास्थित जनयुद्धका सहिद चन्द्रकला सुवेदी र हिमालको समाधिस्थललाई सरसफाइ अनि झण्डा गाडेर तीन महिने अभियान शनिबार उद्घाटन गरेका थिए ।

सहिदको चिहान सफाइको फोटो नै माओवादी केन्द्रका प्रदेश अध्यक्ष नेम्वाङले किन प्राथमिकताका साथ शेयर गरे ? जवाफमा नेम्वाङले भने, ‘सहिदहरुको सपना पूरा गर्न हामीले पहिले सहिदहरुको चिहान सफा गर्न लागेका हौँ । उहाँहरुको योगदान सम्झेका छौँ । अब सबै माओवादीहरुले सहिदको चिहानमा गएर एक पटक सोच्ने, प्रतिबद्धता गर्ने र अगाडि बढ्ने बेला आएको छ ।’
माओवादी केन्द्र सत्ताको छिनाझपटी र सुखसुविधामा अल्मलिएपछि आफ्नो गर्विलो इतिहास बनाउने जनयुद्धका ती सहिद, घाइते र बेपत्ताहरुको खोजी केबल कुरामा मात्रै सीमित छ । तर, संकटमा परेपछि माओवादीले सहिदका चिहान खोजी गर्न थाल्यो, सफाइ हुन थाले, जनयुद्धको बेलामा बनाइएका पार्टी, पौवा, चौतारा र सहिद गेटहरुको संरक्षणको पहल हुन थाल्यो । किनकि सहिदका सपना भुल्दा, जनयुद्धमा गरिएका प्रतिबद्धता भुल्दा माओवादी आफैँ संकटमा प¥यो । यो अभियानले तिनै सहिदहरुको चिहानमा जाने, सोच्ने र अगाडि बढ्न प्रतिबद्धता जनाउन प्रेरणा दिने माओवादी नेताहरु बताउँछन् ।
देशैभर शनिबारदेखि सुरु भएको तीन महिने अभियानका क्रममा कोशी प्रदेशका सबै वडामा कार्यक्रम भएका छन् । कतिपय ठाउँमा रक्तदान भए । कतिपय स्थानमा जनताको घरमा श्रम गरियो । कतिपय किसान तथा गरिब बस्तीहरुमा स्वास्थ्य शिविर चलाइए । कतिपय स्थानमा सहिदहरुको चिहानहरु सरसफाइ गरेर कम्युनिष्ट पार्टीको झण्डा गाडियो । सबैतिर सिर्जनात्मक र भावनात्मक ढंगले अभियान उद्घाटन गरियो ।

Maobadi Aviyan (10)

माओवादी केन्द्र कोशी प्रदेशले अभियानको निर्देशिकामै जनयुद्धका सहिदहरुको चिहान संरक्षण गर्ने, जनयुद्धको बेलामा निर्माण गरिएका सहिदस्तम्भ र गेटहरु, सहिद चौताराहरु, सहिद पुलपुलेसाहरु, सहिदहरुको नाममा स्थापना भएका सबै संरचनाको संरक्षण र सम्बर्द्धन गर्ने कार्यक्रम राखेको छ ।

‘यो विषयमा पार्टी बैठकमै उठाउँदै आएका थियौँ । अब सुरुवात भएको छ । सबै जिल्लामा यो काम हुन्छ । धेरै चिहानहरुको नामो निसाना छैनन् । यद्यपि खोजी गरिन्छ,’ अध्यक्ष नेम्वाङ भन्छन् ।

तर, धेरैले प्रश्न गर्छन् र भन्छन्– के चिहान सफा गरेर वा सहिद गेट बनाएर माओवादीमा जागरण पैदा होला ?

Maobadi Aviyan (11)

माओवादी नेता तथा पर्यटनमन्त्री सुदन किराँती भन्छन्, ‘हामी जनतासँग पुरानै सम्बन्ध सुधार गर्न जनताकै घर आँगनमा पुगेका छौँ । अब जनताको सुख र दुःखमा सँगै हुने छौँ । अब हामीलाई बिग्रने छुट छैन, जनतासँग टाढा हुने छुट छैन त्यसैले अब माओवादीले पालुवा फेर्छ । र, जनताका अधिकारहरू सुरक्षित हुन्छन् ।’

अध्यक्ष नेम्वाङको अनुभवमा माओवादी केन्द्रले चलाएको अभियान र सरकारको काम कारबाहीप्रति जनताले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । ‘जनताको रेस्पोन्स विगतभन्दा फरक पाएका छौँ । समर्थकहरु आउने कुरा भइगयो । जनतामा पनि थोरै भए पनि माओवादीप्रतिको भावना सकारात्मक भएको पाइयो । यो विशेषगरी सरकारको कामले गर्दा हो,’ उनले भने, ‘पहिलेपहिले माओवादीको बैठकमा चिठी काटेर बोलाउँदा पनि आउँदैन थिए । यो पटक स्वस्फूर्त ढङ्गले कार्यकर्ता जम्मा भएको देखिन्छ । त्यो भनेको सकारात्मक कुरा हो ।’

Maobadi Aviyan (7)

माओवादीले शनिबार देशभरका सबै वडामा एकैपटक ‘घर–घरमा माओवादी जन–जनमा माओवादी’ नाराका साथ तीन महिने अभियान सुरु गरेको हो । जनतासँग एकाकार भएर अगाडि बढ्ने उद्घोष गर्दै जनसम्बन्ध सुदृढ गर्ने र जनसेवाको काममा क्रियाशील हुने उद्देश्यले माओवादीले अभियान चलाएको बताएको छ । २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा बडेमानका नेताहरुलाई पछारेर पहिलो नम्बर बनेको माओवादी कोशी प्रदेशमा २०७९ सालको निर्वाचनको समानुपातिक मत परिणाममा राप्रपाभन्दा पछाडि अर्थात् चौथो स्थानमा छ ।

माओवादीको यो निरन्तरको ओरालो यात्राको अन्तिम विन्दु कुन हो भन्न सकिँदैन । तर, यस्तै अवस्था रहे दुईचार वटा निर्वाचनपछि माओवादी केन्द्र ‘अस्तित्वमा रहेको तर, नदेखिएको’ अवस्थामा हुनसक्छ । यही कुरालाई मध्यनजर गर्दै माओवादीले आफ्नो क्षयीकरण रोक्न तीन महिने अभियान सुरु गरेको हो ।

Maobadi Aviyan (8)

Maobadi Aviyan (4)

Maobadi Aviyan (2)

Maobadi Aviyan (1)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP