बिहिबार , बैसाख ११, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मासहितका एक दर्जन हाराहारीका प्रभावशाली नेताहरुबीच आइतबार राति छलफल भएको छ ।

कांग्रेस नेता अर्जुन नरसिंह केसीको निवास इटालीटारमा नेताहरुबीच डिनरसहितको छलफल भएको हो । सो क्रममा समसामयिक राजनीतिक घटनाक्रम, सरकारको काम कारबाहीका साथै  पार्टी रुपान्तरण  तथा वैचारिक पुनर्जागरणका विषयमा छलफल भएको नेता केसीले जानकारी दिए । छलफलमा निकट भविष्यमा एकजुट भएर अगाडि बढ्ने बारेमा समेत छलफल भएको बताइएको छ ।

केसी निवासमै रहेका नेविसंघ केन्द्रीय सदस्य विजय ढुंगानाका अनुसार गगन विश्वप्रकाशसहित सहमाहामन्त्री बद्री पाण्डे, जीवन परियार, नेताहरु बलबहादुर केसी, दिलेन्द्व बढु, प्रदिप पौडेललगायतका नेताहरु सहभागी थिए । करिब दुई घण्टा भन्दा बढी समय नेताहरुबीच छलफल भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP