सोमबार , जेठ २७, २०८२

काठमाडौं । कोशी प्रदेशको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदातलको पूर्ण इजलासमा पेस हुने भएको छ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले आज विवाद पूर्ण ईजलाशमा पठाएको हो । मुद्दामा जटिल कानुनी प्रश्न समावेश भएको भन्दै त्यसको निराकरण पूर्ण इजलासबाट हुन उपयुक्त हुने आदेश दिएको हो ।
मुद्दाको अर्को पेशी यही भदौ १८ गतेलाई तोकिएको छ ।

कोशीका मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्षको भूमिकामा रहेका प्रदेशसभा सदस्य इस्राइल मन्सुरीको समेत मत लिएर विश्वासको मत पाएका थिए । तर सभाध्यक्षले विश्वासको मत दिनु असंवैधानिक भन्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट दिएका थिए ।
रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले ७ भदौमा कोशी सरकारलाई दीर्घकालीन असर पार्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो ।यसअघि कोशी सरकारको आधिकारिकता विवादसम्बन्धी मुद्दा सर्वोच्च अदालतको पूर्ण इजलासले सुनुवाइ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP