मंगलबार , बैसाख २९, २०८३

बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले भ्रष्टाचार विरोधी नभएर भ्रष्टाचार अभियान चलाइरहेको आरोप लगाएका छन्।सरकारका लागि मात्रै एमाले केन्द्रित नभएको बताउँदै उनले माओवादी नेतृत्वको सरकार भ्रष्टाचार अभियान चलाइरहेको आरोप लगाए। एमालेले मुलुकबाट गरिबी उन्मुलन गर्दै समृद्ध नेपाली बनाउने अभियान लिएर हिँडेको भन्दै चुनावदेखि चुनाव र सरकारमात्रै नताक्ने उनले बताए। ‘एमाले जतिबेला सरकारमा जान्छ, जनताका पक्षमा काम गर्छ,’ उनले भने।

२०५१ सालको सरकारदेखि एमालेले नेतृत्वको पछिल्लो सरकारले देश विकासमा महत्त्वपूर्ण कार्य गरेको भन्दै उनले त्यस्ता सरकारलाई गिराउन प्रतिक्रियावादीहरू सक्रिय रहेको बताए। `नेपालको नक्सा सच्याउने, विप्लप र सीके राउतलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने काम हामीले गरेका हौं। अहिलेको सरकारको उपलब्धि १०० किलो सुन चोर्ने भएको छ। यस्तो पनि सरकार हुन्छ?,’ उनले प्रश्न गरे।

नेपाल अब पछाडि परिराख्न नहुने बताउदै उनले प्राकृतिक स्रोत, खनिजको उपयोग बढाई युवाहरूलाई स्वदेशमै रोजगारीमा लगाउनुपर्ने उनको भनाइ छ। अहिलेको सरकार तस्करमा केन्द्रिकृत रहेको भन्दै राजश्व झन् घट्दै जाने उनले बताए। ‘भन्सारबाट सुन आउने, कर नतिर्ने, पक्रिएको सुन हराउने। कतिसम्म लाजमर्दो काम गरेको हो। अहिले भ्रष्टाचारविरूद्ध अभियान होइन, भ्रष्टाचार अभियान चालेको हो,’ अध्यक्ष ओलीले भने।

उनले यतिसहितका विषयमा छानविन गरेर देखाउन चुनौती दिए। ‘वाईडवडीमा कमिसन खानेहरू नै कुरा उठाउँछन्। मेरो चुनौती छ, छानविन गर जेल जाउ,’ उनले भने।

एमाले भ्रष्टाचार गर्न सरकारमा जाने पार्टी नभएको उनको जिकिर छ। तर एमालेका विरूद्धमा भ्रम छर्ने काम भइरहेको उनले बताए। उनले सरकार धेरै नचल्ने निष्कर्षमा प्रचण्ड पुगेको बताए। तर एमाले सरकार जान हतारमा नरहेको उनको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP