
काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एउटा टोली भारत पठाएको छ ।
सीआईबीले प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्मराज भण्डारी नेतृत्वको टोलीलाई भारत पठाएको हो । प्रहरी नायब उपरिक्षक भण्डारी दिल्ली पुगेका छन् । हङकङबाट ब्रेक सू भित्र लुकाएर ल्याएको सुन ३ साउनमा बरामद भएको थियो ।
१९ दिनसम्म राजश्व अनुसन्धान विभागले अनुसन्धान गरेर यसमा संगठित अपराधको तत्व देखिएको थप अनुसन्धानका लागि सीआईबीलाई हस्तान्तरण गरिएको थियो ।कागजातको संलकन र तथ्यहरुको प्रमाणिकरणका लागि दिल्लीमा भण्डारीलाई पठाइएको हो । सीआईबीले सुन आउने ठाउँ हङकङमा एसएसपी दिनेश आचार्यलाई पठाएको छ ।