बिहिबार , बैसाख ११, २०८२

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले भ्रष्टाचार, अशिक्षा र गरिबीको अन्त्यका लागि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन् । बिहीवार नेपाल पर्वतारोहण संघको ३३ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री किराँतीले देशको प्रमुख शत्रु भ्रष्टाचार, अशिक्षा र गरिबी भएको बताए ।

भ्रष्टाचार, अशिक्षा र गरिबी देशको साझा शत्रु भएको उल्लेख गर्दै उनले यसलाई राष्ट्रिय एकताका साथ परास्त गर्नुपर्ने बताए । उनले यसको निम्ति राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताए । उनले सो राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पुष्पकमल दाहालले नै गर्नुपर्ने बताए । मन्त्री किराँतीले राष्ट्रिय सहमतिको सरकारले नै भ्रष्टाचार, गरिबी र अशिक्षाको अन्त्य गर्नसक्ने बताए ।

उनले भने – ‘हाम्रो अहिलेको सबभन्दा ठूलो प्रमुख शत्रु भनेको भ्रष्टाचार हो । हाम्रो प्रमुख सत्रु भनेको अशिक्षा हो । एक्काइसौँ शताब्दीको यो घडीमा हामीलाई भ्रष्टाचार र अशिक्षा सैह्य छैन । भ्रष्टाचार साझा सत्रु हो भने हामीले मिलेर राष्ट्रिय एकताका साथ नै यसलाई परास्त गर्नुपर्छ भन्ने लाग्छ । भ्रष्टाचार पनि देशको साझा शत्रु हो भने, अशिक्षा र गरिबी पनि हाम्रो देशको साझा शत्रु हो भने हामी राष्ट्रिय सहमतिको सरकारतिर जाऔँ ।’

उनले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि आफूले सबभन्दा पहिले आफूले मन्त्री पद त्याग गर्न आसय ब्यक्त गरे । उनले भने, ‘राष्ट्रिय सहमतिको सरकार बनाउँदाखेरी थुप्रै राजनीतिक पार्टीहरुले भाग लिदाँखेरी सरकारमा अटाउनुपर्ने अवस्था आयोभने सबभन्दा पहिले हामीले त्याग्न तयार हुनेछौँ । सबभन्दा पहिले म त्याग्न पनि तयार हुनेछु ।’

उनले पर्यटन क्षेत्रको विकास र विस्तारका लागि पुराना ऐन, कानूनका कारण समस्या भइरहेको उल्लेख गर्दै नयाँ ऐन, कानूनहरु निर्माण गर्दै गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP