
काठमाडौं । काठमाडौंमा यौनिक अल्पसंख्यक समूहले गाईजात्राको अवसरमा ‘प्राइड परेड’ प्रदर्शन गरेका छन् ।
गाईजात्राको अवसरमा अरू समुदायले दिवंगत आत्माको सम्झनामा गाईजात्रा निकाल्ने गरेका छन् । तर यौनिक अल्पसंख्यकहरुले भने आफ्नो समूहलाइ बेवास्ता गरिएको भन्दै त्यसको सम्झनामा प्राइड परेड प्रदर्शन गरेका हुन् ।
उनीहरुले गाइजात्राको अवसरमा वर्षेनी प्राइड परेड गर्ने गरेका छन् ।