मंगलबार , बैसाख २९, २०८३

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् । राप्रपालाई सरकारमा ल्याउने गृहकार्य थालेका प्रधानमन्त्री दाहालले यो बीचमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि सत्ता–सहकार्यको लागि छलफल गरेका छन् ।

राप्रपालाई संसदीय समितिको सभापतिको भाग छुट्याएसँगै सत्ता–सहकार्यको चर्चा चलेको छ । राप्रपाका सांसद दीपक सिंह अहिले पूर्वाधार विकास समितिको सभापति चयन भएका छन् ।

राप्रपाले कोशी प्रदेशको स्थायित्वको लागि भूमिका खेल्ने वचन दिएपछि संसदीय समितिको सभापति दिईएको कांग्रेस–माओवादी नेताहरुको भनाई छ । यद्धपी राप्रपाका नेताहरुले भने समितिको सभापति बन्ने विषय राजनीतिक–लेनदेनको विषय नभएको दाबी गरेका छन् ।

प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले भने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई नै सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् । लिङ्देन पुष १० गतेको एमाले–माओवादी नेतृत्वको गठबन्धन हुँदा उपप्रधान एवम् उर्जामन्त्री बनिसकेका छन् ।

प्रधानमन्त्री दाहालको नेतृत्वमा काम गरिसकेका लिङ्देनलाई पूनः सरकारमा ल्याउन प्रधानमन्त्री दाहालको पनि जोड छ । यस्तो अवस्थामा माओवादी केन्द्रबाट हाल सरकारमा सहभागी मन्त्रीहरुले नै त्याग गर्नुपर्ने हुन्छ । सरकारको स्थायित्वको लागि प्रधानमन्त्री दाहालले पछिल्लो समय राप्रपा र रास्वपाका नेताहरुसँग छलफल गरेका छन् ।

सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टीसँगको सहकार्य तोडेर भएपनि प्रधानमन्त्री दाहालले राप्रपा र स्वास्पालाई सरकारमा सहभागी गराउने मन बनाएका छन् । रास्वपाका सभापति रवि लामिछानेले पनि प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान एवम् गृहमन्त्रीको रुपमा काम गरिसकेका छन् । गौर हत्याकाण्डको विषयमा पीडितसँग सरकारले पाँच बुँदे सहमति गरेपछि जसपाका नेताहरु प्रधानमन्त्री दाहालसँग हच्किएका छन् ।

उपेन्द्र यादवले त भेटेरै सहकार्य तोड्ने चेतावनी दिएका थिए । यादवले बारम्बार धम्क्याउन थालेपछि प्रधानमन्त्री प्रचण्डले पनि राप्रपा र रास्वपासँग सहकार्यको मुड बनाएका छन् । राप्रपा सरकारमा आउने करिब निश्चित् भएपनि रास्वपाको सत्तारोहणबारे भने यसै भन्न सकिने अवस्था नभएको माओवादी नेताहरुको दाबी छ ।

तर, प्रधानमन्त्री दाहालले लामिछानेसँग छलफल गरेर सत्ता–सहकार्यको विषय पनि छिट्टै टुँगो लगाउने भएका छन् । यही बीचमा रास्वपाका सभापति लामिछानेले प्रधानमन्त्री दाहालकी छोरीसमेत रहेकी भरतपुर महानगरकी मेयर रेनु दाहालसँग पनि छलफल गरेका छन् । उनीहरुबीच विकास निर्माणको सवालमा सहकार्य गर्ने विषयमा छलफल भएको बताईएपनि संघको सरकारमा सहकार्यको लागि रेनुले प्रस्ताव गरेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP