आइतबार , भाद्र १४, २०८३

चार राजनीतिक घटक मिलेर बनेको समाजवादी मोर्चा नेपालले कर्णाली प्रदेश समन्वय समितिको घोषणा गरेको छ ।

प्रदेश राजधानी वीरेन्द्रनगरमा बिहीबार आयोजित सन्देश सभामा मोर्चाले समन्वय समितिको घोषणा गरेको हो ।

समितिमा समाजवादी मोर्चामा आवद्ध दलको सिफारिसमा तीन तीन जना सदस्य रहेका छन् । घोषित समितिमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रबाट प्रदेश अध्यक्ष बिमला केसी,कृष्ण बहादुर जिसी र दिनेश चँदारा रहेका छन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादीबाट पार्टीका उपमहासचिव तथा सांसद प्रकाश ज्वाला, प्रदेश अध्यक्ष एवं सांसद अमर बहादुर थापा र ठगेन्द्र पुरी सदस्य रहेका छन् । विप्लव नेतृत्वको नेकपाको तर्फबाट बिराट सी, पौरख सी र सभ्यता सी र जसपाबाट देवीराज न्यौपाने, गगन बहादुर सारु र सन्तोषी विक सदस्य रहेका छन् ।

समाजवादी मोर्चाको कर्णाली प्रदेशको सन्देश सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवलगायतका नेताहरु सहभागी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP