मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले एसिया कपमा भारत र पाकिस्तान दुवैसँग प्रतिस्पर्धात्मक खेल खेल्ने बताएका छन्।

बुधबार नेपालले पाकिस्तानसँग एसिया कप खेल्दैछ। त्यसअघि मंगलबार प्रिम्याच कम्फरेन्समा कप्तान पौडेलले दुवै टिमलाई टक्कर दिने बताए । पौडेलले नेपाल र पाकिस्तानबीचको खेल नेपालीका लागि पर्वजस्तै भएको बताए ।
धेरै नेपालीले यो खेलको प्रतीक्षा गरिरहेको भन्दै उनले भने, ‘सबै नेपालीले यो स्तरमा हामीलाई हेर्न चाहन्थे । नेपाललाई दुई दशकयता हामीले ठूलो प्लेटफर्ममा ल्याउन पाएका छौं । हाम्रो लागि भोलि ठूलो पर्व हो ।’ उनले भने ।

साथै, उनले आफूहरुको लक्ष्य एक खेल एक जित भएको पनि बताए। ‘हाम्रो लक्ष्य भनेको एक खेल एक जित हो। हामी हरेक बललाई ध्यान दिएर खेल्ने छौं। हामीले राम्रो तयारी गरेका छौं,’ उनले भने, ‘हामी यो पाउन लायक थियौं। त्यसैले अहिले यहाँ छौं। भोलि प्रतिस्पर्धात्मक नै खेल्ने छौं।’

दुवै  टिमलाई टक्कर दिने उनले बताए । ‘हामीले पहिलो पटक एसिया कप खेल्दै छौं । यो हाम्रो लागि र नेपालका लागि निकै खास छ । हाम्रो लागि ठूलो अवसर हो, पाकिस्तान राम्रो टिम हो, हामी पाकिस्तान र भारत दुवैलाई कडा टक्कर दिन चाहन्छौं’, उनले भने ।

पाकिस्तान र भारतसँग विश्वस्तरीय बलर र ब्याटर रहेको उनले सुनाए। उनले पाकिस्तानको हस्पिटालिटी पनि राम्रो रहेको पनि बताए। ‘यहाँको हस्पिटालिटी एकदम राम्रो छ। यहाँका मान्छेहरू राम्रा छन्,’ उनले भने, ‘रिजवानसँग भेट भयो। उहाँ नेपाल आउँदा भनेको थियो, हामी चाँडै भेट्नै छौं, त्यो अवसर भनेको एसिया कप हो।’

पाकिस्तानी क्रिकेट खेलाडी रिजवान महम्मदले आफ्नो अनुभव आफूहरुलाई सुनाएको भन्दै उक्त कुरा ठूलो अवसर भएको उनले बताए। ‘म पहिलोपटक पाकिस्तान आएको हुँ, आज यहाँको पीच पनि हेर्यौं, भोलिको खेल राम्रो हुन्छ भन्ने आशा छ,’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP