मंगलबार , भाद्र १६, २०८३

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको ६० किलो सुनबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एक जना उच्च अधिकृतलाई हङकङ पठाउने भएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यलाई हङकङ पठाउन लागिएको सीआईबीका एक जना अधिकृतले बताए । हङकङबाटै तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले साउन ३ मा बरामद गरेको थियो । विभागले अनुसन्धानको जिम्मेवारी साउन २१ मा सीआईबीलाई हस्तान्तरण गरेको थियो ।

प्रहरी वरिष्ठ उपरीक्षक आचार्य इन्टरपोल हङकङसँगको समन्वयमा हङकङ जान लागेका हुन् । तस्करीबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले एआईजी किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरेको छ । बज्राचार्य सिआईबीकी निर्देशक हुन् ।

केन्द्रीय अनुसन्धान ब्युरोले एसपी सञ्जयसिंह थापाको कमान्डमा टिम बनाएर साउन २२ देखी अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका लागी प्रहरीले इन्टरपोलको सहयोग माग्दै यसअघि नै पत्राचार गरेको थियो ।

सुन ‘रेडी ट्रेड प्रालि’ले मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर काठमाडौँमा ल्याएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP