मंगलबार , भाद्र १६, २०८३

नेकपा (एमाले) का नेताहरू चीन भ्रमणमा जाने भएका छन्।

एमाले महासचिव शंकर पोखरेलसहितका नेताहरू आगामी शनिबार (भदौ १६ गते) चीन भ्रमणमा जान लागेका हुन्।

‘महासचिव शंकर पोखरेलको नेतृत्वमा पार्टीका नेताहरू चीन भ्रमणमा जान लाग्नु भएको हो। यसअघि बसेको २४ औं सचिवालय बैठकले नै भ्रमणको स्वीकृति गरिसकेको छ,’ पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भने।

भ्रमण टोलीमा को–को जाने भनेर टुंगो लाग्न बाँकी रहेको उनले बताए।

एमाले नेताहरू चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को अन्तर्राष्ट्रिय विभागको निम्तोमा चीन जान लागेका हुन्। एमाले नेताहरू ग्वान्जाओ हुँदै बेइजिङ पुग्ने तयारी छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि असोजको पहिलो हप्ता चीन जाँदै छन्। प्रधानमन्त्री प्रचण्ड ३० भदौमा संयुक्त  राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्क जाने र उतैबाट बेइजिङ पुग्ने तयारीमा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP