मंगलबार , बैसाख २९, २०८३

भक्तपुरमा पानीमाथि साइकल चलाउन मिल्ने भएको छ।

भक्तपुर नगरपालिका-१ को नःपुखु (गुह्या पोखरी) मा अचेल साइकल कुदाउन सकिन्छ। टिएन एड्भेन्चर्स प्रालिले यही भदौ ९ गतेदेखि यहाँ ‘वाटर बाइक’ सञ्चालनमा ल्याएको हो।

पानी माथि-माथि चलाउन मिल्ने यो साइकलमा एक पटकमा दुई जना सँगै बस्न मिल्छ। डुंगा र साइकल मिलाएर बनाइएको यो वाटर बाइक पानीमै तैरिन्छ।

साइकल चलाउन नआउने, पौडिन नआउनेले पनि साइकल चलाउन सक्छन्।

कम्पनीका अनुसार यो नेपालमै पहिलोपटक भित्रिएको पानीमा चल्ने वाटर बाइक हो।

साइकल चलाउन एक जनाले दुई सय रुपैयाँ तिर्नुपर्छ। दुई सय तिरे १५ मिनेट साइकल चलाउन मिल्छ। निर्धारित अवधिमा पोखरी दुई पटक परिक्रमा गर्न भ्याइने कम्पनीका प्रबन्ध निर्देशक सुजन तिमल्सिनाले बताए।

‘१५ मिनेटमा सामान्य गतिमा चलायो भने पनि पोखरीमा दुई फन्का लगाउन सकिन्छ,’ तिमल्सिनाले भने, ‘पैसा थपेर समय बढाउन पनि मिल्छ।’

कम्पनीले भक्तपुर नगरपालिकाबाट अहिले पाँच वटा वाटर बाइक चलाउन स्वीकृति लिएको छ। सञ्चालनमा आएको थोरै समयमै धेरै चर्चा भएपछि वाटर बाइक थप्ने कम्पनीको योजना छ।

शनिबार बिहान ९ देखि बेलुकी ७ बजेसम्म र अरू दिन बिहान ११ देखि ७ बजेसम्म वाटर साइकल चलाउन पाइन्छ।

तिमिल्सिनाका अनुसार सामाजिक सञ्जालमा भाइरल भएपछि वाटर बोट साइक्लिङ गर्न अहिले देशभरिबाट मान्छे आउने क्रम बढेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP