मंगलबार , बैसाख २९, २०८३

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चन्द्रयान–३ चन्द्रमामा अवतरण गर्न सफल भएको अवसरमा भारतलाई बधाई दिएका छन् । बुधबार साँझ सभापति देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यहाँका जनतालाई बधाई दिएका हुन् ।

भारतले चन्द्रयान–३ चन्द्रमामा अवतरण गराउन सफल भएलगत्तै पूर्वप्रधानमन्त्री सभापति देउवाले सामाजिक सञ्जालमार्फत बधाई दिएका छन् ।  भारतले अन्तरिक्षमा पठाएको मानवरहित यान बुधबार साँझ ६ बजे चन्द्रमामा अवतरण गरेको छ ।

सभापति देउवाले भनेका छन्– “चन्द्रयान–३ को सफल अवतरणका लागि प्रधानमन्त्री मोदी र भारतका जनतालाई बधाई ! अन्तरिक्ष क्षेत्रमा भारतले गरेको यो उल्लेखनीय प्रगति हो । हामी इसोराका वैज्ञानिकको उत्कृष्ट कामको प्रशंसा गर्दछौँ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP