मंगलबार , बैसाख २९, २०८३

धरान: शिशु किनबेचका लागि मोलमोलाइको ( बार्गेनिङ ) गर्ने ६ जनालाई पक्राउ गरेको छ । बच्चा बिक्रीमा सहयोग गरेको आरोपमा प्रहरीले प्रसूति रोग विशेषज्ञ डा. तपेश्वरलाल कर्ण र गोविन्द राई नामका युवकलाई पक्राउ गरेको छ । कर्णको क्लिनिकका कर्मचारी निर्मला यादवलाई पनि पक्राउ गरेको कोसी प्रदेशका प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहाललाई पूर्वेली न्युजले यस विषयमा कुरा गर्दा दाहालले भने “ लिभिङ टुगेदरमा बसेका जोडिले जन्माएको नवजात शिशु हराएको समयमा मोरङ कटहरि -२ बाट उद्धार गरेको हौ, निः सन्तान आमाबुबालाई रकम मोलमोलाइ गरे बेचेको पाइएकाले दुई आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौ।”

शिशु बिक्रीमा सहयोग गरेको आरोपमा प्रहरीले अस्पतालकी कर्मचारी सुधा राजवंशी र डाक्टर कर्णको क्लिनिकका कर्मचारी निर्मला यादवलाई पनि पक्राउ गरेको छ । शिशु लिएर जाने आमा दिलमाया राजवंशीलाई र उनकै छोरा सूर्य नारायण राजवंशी र बुहारी बच्चा नभएकाले उनले खरिद गरेको हुनाले दिलमाया र सूर्य समेतलाई पक्राउ गरेको डिएसपीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP