मंगलबार , बैसाख २९, २०८३

काठमाडौं ।  काठमाडौं । सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका शीर्ष दलका नेताहरुको बैठक भोलि बुधबार बस्ने भएको छ ।

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन र संसद्को अवरोध खुलाउने विषयमा मंगलबार दिउँसो तीन दलका शीर्ष नेताहरू बसेर टुंग्याउने तयारी थियो । तर आज बस्ने भनिएको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नआएपछि बैठक नै नबसेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताए ।‘बैठक नै बसेन, ओली जी आउन सक्नु भएन अस्वस्थताको कारणले र छलफल पनि बाँकी भयो,’  उनले भने ।

तर नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले भने प्रधानन्यायाधीशको शपथ पनि रहेको र ओली बिरामी भएकाले आज बैठकमा नआएकाले भोलि शीर्ष नेताको बैठक बस्ने जानकारी दिए ।
मंगलबार समय अभावका कारण शीर्ष नेताहरूको बैठक नबस्ने अवस्था बनेको एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।‘शीर्ष नेताहरूको बैठक बसेर उच्चस्तरीय छानविन आयोगको मस्यौदा तयार गर्ने र संसद्को अवरोध अन्त्य गर्ने भन्ने तयारी थियो । तर अहिले साढे चार बजे नवनियुक्त प्रधानन्यायधीशको शपथ ग्रहणको कार्यक्रम भएकाले शीर्ष नेताहरूको बैठक बस्ने समय पुगेन,’ उनले भने, ‘अब बुधबार विहान ११ बजे त्यसबारे शीर्ष नेताहरूको बैठकमा छलफल गरेर टुंगोमा पुग्ने तयारी छ ।’

उच्चस्तरीय आयोग गठनको विषयमा दलहरूबीच सहमति नभएपछि  प्रतिनिधिसभा बैठकपछि सरेको छ । मंगलबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधिभसा बैठक बुधवार दिउँसो तीन बजेका लागि सरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP