मंगलबार , भाद्र १६, २०८३

बाढी–पहिरोका कारण ७ वटा राजमार्ग अवरूद्ध भएका छन्। सडक विभागका अनुसार तमोर करीडोरअन्तर्गतको चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक  जोड्ने सडक पाँचथरको माझिटारमा अवरूद्ध रहेको छ।

कोशी राजमार्गअन्तर्गत रानी–विराटनगर–इटहरी–धरान धनकुटा हिले, लेघुवाघाट– तुम्लिङ्गटार खाँदवारी–नुम किमाथाङ्का जोड्ने सडक संखुवासभाको मुढेमा अवरूद्ध रहेको विभागले जानकारी दिएको छ।

बालाजु– त्रिशूली–धुन्चे–स्याफ्रुबेसी जोड्ने सडक पनि नुवाकोटको निगालेमा अवरूद्ध रहेको छ।

राप्ती राजमार्गअन्तर्गत अमेलिया–तुल्सिपुर–शितलपाटी थारमारे मुसीकोट जोड्ने सडक सल्यानको जलेखर्कमा अवरूद्ध रहेको छ।

तानसेन–रिडी–कोरला जोड्ने सडक मुस्ताङ र म्याग्दी जिल्लाका विभिन्न ठाउँमा अवरुद्ध रहेको विभागले जानकारी दिएको छ।

यता ठोरी–भरतपुर–मुग्लिङ, आँबुखैरेनी गोरखा–घ्याम्पेसाल, आरूघाट सिर्दिवास–रोइला भञ्ज्याङ जोड्ने सडक चितवनको नाम्सी पुलमा अवरूद्ध रहेको छ।

मनसुनजन्य गतिविधि सुरू भएयता बाढी–पहिरोबाट २७ वटा राजमार्गको २ सय १६ ठाउँमा क्षति पुगेको विभागको अद्यावधिक तथ्यांकमा उल्लेख छ। अहिले १ सय ६४ स्थानमा दुवैतर्फ सञ्चालनमा रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP