आइतबार , जेठ २६, २०८२

बाढी–पहिरोका कारण ७ वटा राजमार्ग अवरूद्ध भएका छन्। सडक विभागका अनुसार तमोर करीडोरअन्तर्गतको चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक  जोड्ने सडक पाँचथरको माझिटारमा अवरूद्ध रहेको छ।

कोशी राजमार्गअन्तर्गत रानी–विराटनगर–इटहरी–धरान धनकुटा हिले, लेघुवाघाट– तुम्लिङ्गटार खाँदवारी–नुम किमाथाङ्का जोड्ने सडक संखुवासभाको मुढेमा अवरूद्ध रहेको विभागले जानकारी दिएको छ।

बालाजु– त्रिशूली–धुन्चे–स्याफ्रुबेसी जोड्ने सडक पनि नुवाकोटको निगालेमा अवरूद्ध रहेको छ।

राप्ती राजमार्गअन्तर्गत अमेलिया–तुल्सिपुर–शितलपाटी थारमारे मुसीकोट जोड्ने सडक सल्यानको जलेखर्कमा अवरूद्ध रहेको छ।

तानसेन–रिडी–कोरला जोड्ने सडक मुस्ताङ र म्याग्दी जिल्लाका विभिन्न ठाउँमा अवरुद्ध रहेको विभागले जानकारी दिएको छ।

यता ठोरी–भरतपुर–मुग्लिङ, आँबुखैरेनी गोरखा–घ्याम्पेसाल, आरूघाट सिर्दिवास–रोइला भञ्ज्याङ जोड्ने सडक चितवनको नाम्सी पुलमा अवरूद्ध रहेको छ।

मनसुनजन्य गतिविधि सुरू भएयता बाढी–पहिरोबाट २७ वटा राजमार्गको २ सय १६ ठाउँमा क्षति पुगेको विभागको अद्यावधिक तथ्यांकमा उल्लेख छ। अहिले १ सय ६४ स्थानमा दुवैतर्फ सञ्चालनमा रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP