मंगलबार , भाद्र १६, २०८३

काठमाडौँ । भक्तपुरको सानोठिमी स्थित बालसुधार गृहबाट भागेका ८६ जना नाबालक बन्दीहरूलाई प्रहरीले बानेश्वर क्षेत्रबाट पक्राउ गरेको छ । उनीहरू भक्तपुरबाट आउँदै गर्दा कोटेश्वर, तीनकुने र नयाँ बानेश्वरबाट पक्राउ परेका हुन् ।

पक्राउ गरिएका ८६ जनालाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।  फरार भएका २२१ जना जना नाबालक बन्दी मध्ये धेरैलाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्यले बताए ।

बालसुधार गृहमा ‘नाबालक बन्दी’को कमल बस्नेतको मृत्यु भएको घटनाको विषयमा प्रदर्शन हुँदा झडप भएको थियो । झडपको क्रममा नाबालक बन्दीहरू भागेका हुन् । रामेछापको मन्थली नगरपालिका घर भएका १८ वर्षीय बस्नेतको आइतबार बिहान मृत्यु भएको थियो ।

अदालतको आदेशले बस्नेत २०७७ सालदेखि बालसुधार गृहमा थिए । मृतकको शव पोष्टमार्टमका लागी काठमाडौँ मेडिकल कलेजमा पठाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले बताए । उनले भने–‘प्रारम्भिक अनुसन्धानमा शङ्कास्पद देखिँदैन तर, पोस्टमार्टम रिपोर्टको आधारमा थप अनुसन्धान अघि बढाउँछौँ ।’

आइतबार बिहान सुधार गृहका कर्मचारीले बस्नेतलाई स्वास्थ्यमा समस्या देखिएको भन्दै नागरिक सामुदायिक अस्पताल लगेका थिए । तर, अस्पताल अस्पताल पुग्नुअघि नै उनको मृत्यु भएको भन्दै परिवार र आफन्तले ‘हत्या’ भएको भन्दै विरोध गरेका छन् ।

घटना छानबिन गर्न भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको छ । छानबिन समितिमा जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठक र महिला बालबालिका मन्त्रालयका अधिकृत सदस्य छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP