मंगलबार , भाद्र १६, २०८३

मुस्ताङको कागखोलामा फेरि भेलबाढी आएको छ।

मुस्ताङ, वारागुङ गाउँपालिकाको माथिल्लो भेगमा पानी पर्दा कागखोलाको सहायक झोङ र मुक्तिनाथबाट बगेर आउने खोलामा बाढी आएको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए।

‘आइतबार राति पानी पर्दा कागखोलामा मिसिने माथिका दुई (झोङ र मुक्तिनाथ) खोलामा बाढी आएको थियो,’ प्रजिअ केसीले भने, ‘बाढीले उपल्लो मुस्ताङ जोड्ने सडकमा क्षति पुर्‍याएको जानकारी आएको छ।’

वारागुङ गाउँपालिका-२ का वडाध्यक्ष न्होरू गुरूङले मुक्ति क्षेत्र र झोङमा मध्यम वर्षा भएको बताए।

‘आइतबार राति अघिपछि पर्नेभन्दा ठूलो पानी पर्‍यो। दुई घन्टा परेपछि रह्यो। वर्षाका कारण झोङखोलामा बाढी आएको थियो। मुक्तिनाथतिरबाट बगेर आउने खोलामा पनि सहत बढेको थियो। सडकमार्गमा क्षति पुर्‍याएको छ भन्ने छ, अरू बुझ्दै छौं,’ उनले भने।

मुस्ताङको तल्लो तटीय क्षेत्रमा सामान्य वर्षा भएको जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क छ। मौसम पूर्वानुमान महाशाखाको तथ्याङकअनुसार जोमसोम स्टेसनमा पछिल्लो २४ घन्टामा ६.६ मिलिमिटर वर्षा मापन भएको छ।

माथिल्लो भेगबाट सूचना आइनसकेको महाशाखाले जानकारी दिएको छ।

साउन २८ गते कागखोलाको बाढीले कागबेनी क्षतिग्रस्त तुल्याएको थियो। कागखोलाको बाढीले २९ वटा घर, प्रभु बैंकको मुस्ताङ शाखा, सामूदायिक विद्यालय, श्राद्धस्थल, धर्मशाला बगाएको थियो। १३ वटा घरमा आंशिक क्षति पुर्‍याएको थियो।

कागबेनी पुनःनिर्माणका लागि अहिले मुस्ताङबासी लागि परेका छन्। धार्मिक, सामाजिक संघ–संस्थाले रकम संकलन गरेर पुनःनिर्माणमा लागि परेका छन्।

नेपाली सेनालसहित तीनवटै सुरक्षा निकाय पनि भग्नावशेष पन्छाउने कामा लागि परेको प्रजिअ केसीले बताए। आइतबारै  सुरक्षाकर्मीले गेग्रान पन्छाउँदा प्रभु बैंक र इन्भेष्टमेन्ट मेगा बैंकको डेढ करोड रकम फेला परेको थियो।

बाढीग्रस्त कागबेनीमा खानेपानी र विद्युत आपूर्ति नियमित भइसकेको र विस्थापित ६० घर परिवारलाई राहत र पुनर्स्थापनाको काम भइरहेको पनि उनले बताए।

एक सातापछि माथिल्लो तटीय क्षेत्रमा पुनः बाढी आउँदा स्थानीय त्रसित बनेको न्होरू गुरूङले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP