मंगलबार , बैसाख २९, २०८३

नागपञ्चमी र भगवान् शिवको अन्योन्याश्रित सम्बन्ध रहेको छ । यही कारण नाग पूजन साउनमा गरिन्छ । यस दिन नागको पूजा गरियो भने भगवान शिवजी प्रशन्न हुन्छन् भन्ने मान्यता छ । शुक्ल पक्षको पञ्चमीका दिन नागको पूजा गर्दा समस्त जीवनमा नागको दोष शमन हुने समेत वैदिक मान्यता छ । यस वर्ष नागपञ्चमी सोमबार नै पर्नुले अर्को उत्तम योग सिर्जना गरेको छ । सोमबार यसै पनि भगवान् शिवको बार अर्थात् चन्द्रमाको बार मानिन्छ । शिवजीको शिरमा रहेका चन्द्रमाको बारमा शिवजीको गलामा रहेका नागराजको पूजा गर्न पाउनु र पञ्चमी समेत जुर्नु अर्को सकारात्मक योग हो । नागपञ्चमी सोमबार नै पर्नुले अर्को उत्तम योग सिर्जना गरेको छ । सोमबार यसै पनि भगवान् शिवको बार अर्थात् चन्द्रमाको बार मानिन्छ । शिवजीको शिरमा रहेका चन्द्रमाको बारमा शिवजीको गलामा रहेका नागराजको पूजा गर्न पाउनु र पञ्चमी समेत जुर्नु अर्को सकारात्मक योग हो ।

नाग देवतालाई हामीले वर्षाका देवता मान्ने गरिन्छ । नागले पानी पार्छन् भन्ने हाम्रो मान्यता अनुसार उनको पूजा–अर्चनालाई प्रकृतिको पूजाका रूपमा पनि लिन सकिन्छ । नेपाली चाडपर्वहरूको परम्पराको रमाइलो पक्ष प्रकृतिका समस्त पक्षको आराधना र सम्मान पनि हो । नागलाई विषालु सर्पका रूपमा पनि लिइन्छ । यसको अर्थ सर्प मानव जीवनका लागि विषालु नभई प्रकृतिमा भएको विषालु पदार्थ आफूले ग्रहण गरी मानव लगायत जीवको रक्षा गर्नु पनि हो । प्रकृतिको सन्तुलनका लागि नागको महत्त्वपूर्ण भूमिका हुने हुनाले नाग पञ्चमीको दिनलाई विशेष पर्वका रूपमा मनाउनु सबैका लागि हितकर हुन्छ ।

 

नागपञ्चमीका दिन नागको उत्तम विधिका साथ पूजा गरी घरको मुख्यद्वारमा स्थापित गर्दा अष्ट नाग या पञ्चमुखी नागको चित्रलाई बढी महत्त्व दिने गरिएको पाइन्छ । चामल, बेसार, चन्दन, अक्षता, दूध, जल तथा फूलले पूजा गरी गाईको गोबरमा दुबो लगाएर ढोकामा स्थापित गर्नुपर्छ । जन्म कुण्डलीमा नागको दोष देखिएमा यसै दिन पूजा तथा मन्त्र जप गर्दा लाभ हुने मान्यता छ । नाग देवताको यस मन्त्र ‘ॐ नमोस्तु सर्पेभ्यो ये के च पृथिवीमनु ये अन्तरिक्षे ये दिवि तेभ्यः सर्पेभ्यो नमः’ लाई जप गर्दा समस्त समस्या समाधान हुने सनातनीय मान्यता छ ।

नाग देवताले हाम्रो जीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव दिने गर्छन् । ज्योतिषीय मान्यता अनुसार राहु र केतुलाई नागको मुख र पुच्छरका रूपमा लिइने गरिन्छ । राहु र केतुका मध्यमा सबै ग्रह बसेमा कुण्डलीमा नागदोष रहेको भन्ने मान्यता छ, तर पछिल्लो समयमा यही कुरालाई लिएर कालसर्पका नाममा मानिसलाई डर देखाउने र महँगो तथा खर्चिलो पूजा गराएर दुःख दिने प्रवृत्ति बढेको छ । राहु र केतुका मध्यमा सबै ग्रह बसेमा कुण्डलीमा नागदोष रहेको भन्ने मान्यता छ, तर पछिल्लो समयमा यही कुरालाई लिएर कालसर्पका नाममा मानिसलाई डर देखाउने र महँगो तथा खर्चिलो पूजा गराएर दुःख दिने प्रवृत्ति बढेको छ ।

ज्योतिषशास्त्रका नाममा जातकलाई तर्र्साएर आफूले आयआर्जन गर्ने प्रवृत्तिको विकास भइरहेको छ । विभिन्न स्थानमा कालसर्प दोष निवारण भन्दै यस्ता पूजा भइरहेका छन् । यसले सनातन धर्ममाथि नकारात्मक असर परिरहेको छ । सर्वसाधारणले कालसर्प दोषका नाममा अनावश्यक खर्च गरेर पूजा गराउनुको साटो आफैँले नागको पूजा र नाग गायत्री ‘ॐ नवकुलाय विदमहे विषदन्ताय धीमहि तन्नो सर्प प्रचोदयात’ को नियमित जप गर्दा राम्रो हुन्छ ।

कालसर्प दोष नहुने र यो केवल ठगी भएको नेपाल पञ्चांग निर्णायक विकास समिति, नेपाल ज्योतिष परिषद, दक्षिण एसियाली ज्योतिष महासंघ र विश्व ज्योतिष महासंघ समेतले बताइसकेका छन् । तसर्थ कालसर्प दोषको भ्रममा पार्ने प्रवृत्तिको विरोध गर्न जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP