मंगलबार , बैसाख २९, २०८३

ब्रिजबेन । अष्ट्रेलियाको सर्ट फिल्म फेस्टिभलमा नेपाली युवाले बनाएको सिनेमा समेत छनौँटमा परेको छ । सिड्नीमा बसोबास गर्दै आउनुभएका नेपाली युवा मञ्जिल तण्डुकारले बनाएको गोल नामको लघुफिल्म छनौँटमा परेको हो ।

अपांगता भएकाहरुको विशेष क्षमतामा आधारित रहेर मञ्जिल तण्डुकारले बनाएको फिल्मलाई उपाधिका दिलाउन भोटिङका लागि आह्वान गरिएको छ । सर्ट फिल्म अन्तर्गत ओपन इन्ट्रान्स बिधामा ३२० वटा सर्ट फिल्म प्रतिस्र्धामा छन् । फिल्म फेस्टिभल–२०२३ को उपाधीका लागि अगस्ट १६ देखी २२ सम्म भोटिङ गर्न पाइनेछ । तपाई नेपाली मुलका लेखक तण्डुकारको गोल सर्ट फिल्मलाई बिजेताका रुपमा देख्न चाहानुहुन्छ भने यो लिंक मा गएर भोटिङ गर्न सक्नुहुनेछ । यो फिल्ममा शारिरिक रुपमा सबल भएकाले आफूले पानी पिएर सडकमा फालेको बोतललाई दुबै हात नभएका युवाले कसरी डस्बिनसम्म पुर्याउछन् । यो २ मिनेट ८ सेकेन्डको सर्ट फिल्म मार्फत वातावरण सफा गर्न र समाजमा सकारात्मक काम गर्न शारिरिक दुर्बलता भएकाहरुको योगदानलाई समेत देखाउन खोजिएको छ ।

सन २०२२ मा १९ देशका २८१ सर्ट फिल्म प्रतिस्पर्धी रहेको फोकस अन एबिलिटी सर्ट फिल्म फेस्टिभल–२०२३ अहिलेसम्मकै सबैभन्दा ठूलो हुने आशा गरिएको छ । सर्ट फिल्म मार्फत अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूको कथा सुनाउन र क्षमता प्रदर्शनमा प्रोत्साहन गर्ने उद्देश्यले १ लाख डलर बढी नगद र विभिन्न पुरस्कार समेत दिइने फेस्टिभल आयोजक नोभा इम्प्लोइमेन्टले जानकारि दिएको छ ।

फोकस अन एबिलिटी सर्ट फिल्म फेस्टिभल–२०२३ मा सहभागि हुन ५ मिनेट भन्दा कम समयको सर्ट फिल्म हुनुपर्नेछ । शारिरिक रुपमा फरक क्षमता भएकाहरुको कार्यगत सिप, क्षमता र समाजमा दिदैआएको योगदानलाई फिल्मको बिषय बनाउनुपर्नेछ । अगस्ट २२ सम्मको एक सातामा गरिएको भोटका आधारमा उत्कृष्ठ सर्ट फिल्मको छनौटमार्फत उदाधी वितरण गरिने नोभा इम्प्लोइमेन्टले जानकारि दिएको छ । जुलाई २१ सम्म मनोनयनमा परेका ३१० सर्ट फिल्म मध्येबाट कुन बन्लान त बिजेता ? अष्ट्रेलियामा विशेष चासोका साथ प्रतिक्षा भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP