मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठले बिनासर्त राजीनामा दिनुपर्ने अडान राखेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्रीको राजीनामाको माग पुनः दोहोर्याएका हुन् ।

सुन तस्करी प्रकरणमा गृह मन्त्रालयको संलग्नता देखिएको दावी गर्दै आएका सांसद शर्माले गृहमन्त्रीले राजीनामा नदिए अनशन बस्ने चेतावनीसमेत दिएका छन् । सुन तस्करी प्रकरणको विरोध गरेर गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दा आफूलाई आतङ्ककारी शैलीमा गिरफ्तार गरिएको भन्दै उनले आक्रोश पोखे ।

सरकारले आतङ्ककारी शैली देखाएको भन्दै उनले प्रधानमन्त्री र गृहमन्त्रीले आतङ्ककारी सरकारको नेतृत्व गरेको की लोकतान्त्रिक सरकारको नेतृत्व गरेको भन्दै प्रश्न पनि गरे । ‘म एउटा सांसद हो, विना पक्राउ पुर्जी मलाई आतङ्ककारी शैलीमा पक्राउ गरेर थुनियो,’ गिरफ्तारको घटना विवरण सुनाउँदै सांसद शर्माले भने, ‘सुन तस्करीको विरोध गर्दा आतङ्ककारी शैलीमा पक्राउ गराउँने गृहमन्त्रीले बिनासर्त राजीनामा दिनैपर्छ, मेरो यो अडान रहिरहन्छ, राजीनामा नआए म अनशन बस्छु ।’

आफूलाई पक्राउ गरेर प्रहरीले हातपातसमेत गरेको उनले सदनमा जानकारी गराए । यो घटनामा प्रधानमन्त्रीले पनि माफी माग्नुपर्ने उनले माग गरेका छन् । प्रजातन्त्रमा बोल्न पाउने अधिकारको हनन गर्न खोजिएको भन्दै उनले सरकारलाई मनपरी गर्ने छुट नभएको तर्क गरे । आफूमाथि अन्याय हुँदा धेरैले आफ्नो पक्षमा बोलेर सहयोग गरेको भन्दै उनले अफ्ठेरोमा साथ दिने सबैलाई धन्यवाद पनि दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP