मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार विदेशीको आडमा टिकेको दाबी गरेका छन् ।

गौर हत्याकाण्डका पीडितसँग मंगलवार सरकारले सहमति गरेपछि बेलुकी सामाजिक सञ्जालमा त्यसबारे प्रतिक्रिया जनाउने क्रममा भट्टराईले प्रचण्ड सरकारको हैसियतमाथि प्रश्न उठाएका हुन् । प्रचण्डसँगै उनले सत्ता साझेदार दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको नामै नलिई उनको वर्ग पक्षधरतामाथि प्रश्न उठाएका छन् । गौर हत्याकाण्ड देशभित्र र बाहिरका वर्चश्वशाली शक्तिले सुनियोजित ढंगले मच्चाएको नृंशस आतंक र हत्याकाण्ड भएको उनको भनाई छ ।

‘स्मरण रहोस् यो विभत्स हत्याकाण्ड कुनै राज्यविरूद्धको विद्रोहको क्रममा घटेको र शान्तिप्रक्रियासंग जोडिएको घटना हैन ! यो त मधेशका उत्पीडित वर्ग र समुदायका निहत्था नागरिकहरूलाई मुक्तिआन्दोलनबाट विमुख पार्न देशभित्र र बाहिरका वर्चस्वशाली शक्तिहरूले सुनियोजित ढंगले मच्चाएको नृशंस आतंक र हत्याकाण्ड थियो।’ भट्टराईले भनेका छन,तिनै वर्चस्वशाली भित्री र बाहिरी शक्तिको टेकोपुॅडोमा अडेको यो सरकारको नेतृत्वले पीडितलाई न्याय दिने हिम्मत र हैसियत राख्ला ? भविष्यले बताउनेछ।’

२०६४ चैत ७ मा रौतहटको गौरमा उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरमका कार्यकर्ताले २७ जना माओवादी कार्यकर्ताको नृशंस ढंगले हत्या गरेका थिए र अहिले १७ वर्षपछि पीडितहरुले दोषीमाथि कारवाहीको माग गर्दै प्रदर्शन गरिरहेका थिए । मंगलवार सरकार र संघर्ष समितिबीच ५ बुँदे सम्झौतामा हस्ताक्षर भएको छ । तर पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सरकारले फोस्रो आश्वासन दिएको भन्दै आपत्ति जनाएका छन् ।

‘गौर हत्याकाण्डको आन्तरिक र बाह्य जरो नखोतलीकन र सत्ताको अंकगणितभन्दा माथि नउठिकन यसवारे पीडित आन्दोलनकारीहरूलाई पटकपटक फोस्रा आश्वासन दिनुको कुनै अर्थ हुन्न। ’ भट्टराईले सरकारले सम्झौता गरेपछि प्रतिक्रिया जनाउँदै भनेका छन् । पूर्व प्रधानमन्त्री भट्टराईले गौर हत्याकाण्डबारे केही गर्न नसकेको आत्मालोचना गरेका छन् । उनी सामाजिक सञ्जालमा लेख्छनस् शान्तिप्रकृया र संविधान निर्माणको विशिष्ठ कालखण्डमा हामीले चाहेर पनि यसवारे केही गर्न नसकेकोमा आत्मालोचित छौं। सत्य र न्यायका पक्षधर शक्तिहरूको दबाब र खबरदारी जारी रहोस् ! सत्य र न्यायको जीत एक दिन अवस्य हुनेछ !’

अहिले उपेन्द्र यादवमाथि प्रश्न उठाएका भट्टराईले तिनै यादवसँग एकसमय मिलेर पार्टी चलाएका थिए ।

भट्टराईले सामाजिक सञ्जालमा लेखेको कुरा जस्ताको त्यस्तै:

गौर हत्याकाण्डको आन्तरिक र बाह्य जरो नखोतलीकन र सत्ताको अंकगणितभन्दा माथि नउठिकन यसवारे पीडित आन्दोलनकारीहरूलाई पटकपटक फोस्रा आश्वासन दिनुको कुनै अर्थ हुन्न।

स्मरण रहोस् यो विभत्स हत्याकाण्ड कुनै राज्यविरूद्धको विद्रोहको क्रममा घटेको र शान्तिप्रक्रियासंग जोडिएको घटना हैन ! यो त मधेशका उत्पीडित वर्ग र समुदायका निहत्था नागरिकहरूलाई मुक्तिआन्दोलनबाट विमुख पार्न देशभित्र र बाहिरका वर्चस्वशाली शक्तिहरूले सुनियोजित ढंगले मच्चाएको नृसंस आतंक र हत्याकाण्ड थियो।तिनै वर्चस्वशाली भित्री र बाहिरी शक्तिको टेकोपुॅडोमा अडेको यो सरकारको नेतृत्वले पीडितलाई न्याय दिने हिम्मत र हैसियत राख्ला? भविष्यले बताउनेछ।

शान्तिप्रकृया र संविधान निर्माणको विशिष्ठ कालखण्डमा हामीले चाहेर पनि यसवारे केही गर्न नसकेकोमा आत्मालोचित छौं।सत्य र न्यायका पक्षधर शक्तिहरूको दबाब र खबरदारी जारी रहोस्! सत्य र न्यायको जीत एक दिन अवस्य हुनेछ !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP