मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्र चितवन २ लाई लक्षित गरी विभिन्न कार्यक्रम शुरु गरेका छन् ।
संघीय सांसद बनेको १०० दिन पुरा भएको अवसरमा उनले आज आफ्नो निर्वाचन क्षेत्र लक्षित योजनाहरु सार्वजनिक गर्दै थालनी गरेका हुन् । योजना अन्तर्गत उनको निर्वाचन क्षेत्रमा ब्लु बससेवा संचालन देखि मोवाइल क्लिनिक संचालनसम्म छन् । सार्वजनिक कार्यक्रमहरु आजैदेखि सुरु भएको उनले जानकारी दिएका छन् । उनले यी कार्यक्रमहरु राज्यको खर्चमा नभई विदेशी दाता, निजी क्षेत्र र आम नागरिकको सहयोगमा सुरू गरिएको बताए ।

ब्लु बस सेवा
यो चितवन निर्वाचन क्षेत्र नम्बर २ का महिलाहरुका लागि मात्र संचालनमा ल्याइएको बस सेवा हो । यो ब्लु बससेवा चितवन २ नम्बर क्षेत्रका विभिन्न रुटमा आजैदेखि संचालनमा आएको छ । यो बस चढन शुरुमा यस निर्वाचन क्षेत्रका ५०० महिलालाई कार्ड वितरण गरिने छ । त्यो कार्डको प्रयोग गरेर महिलाले सुरक्षित बसस सेवा लिन पाउने छन् । सुरुमा एउटा बस मात्र संचालन ल्याइएपनि भविश्यमा यसलाई बढाउँदै लैजाने लामिछानेको योजना छ ।

मोवाइल क्लिनिक

यो सेवा पनि चितवन क्षेत्र नम्वर २ का ६५ बर्ष माथिका बृद्ध बृद्धाका लागि संचालनमा ल्याइएको हो । यो सेवा अन्तर्गत मोवाइल भ्यानमा एकजना एमबीबीएस डाक्टर र सहयोगीहरु प्राथामिक उपचारका लागि घर घरमा पुग्नेछन । बृद्धा बृद्धलाई नियमित स्वास्थ्य परिक्षण सेवा दिने छन् । यो मोवाइल क्लिनिक बोलाएमा जतिबेला पनि घरमै पुग्ने छ ।

सय दिनमा सय रोजगारी

उनको अर्को योजना छ, विदेशबाट नेपालीलाई घर फर्काउने । विदेशमा रहेका नेपाली स्वदेश फर्काउन १०० जनाका लागि रोजगारीका अवसर खोजेर निवेदन माग गरिएको छ । यसको विज्ञापन गरिएको लामिछानेले बताएका छन् जसमा दिएको योग्यता पुगे जो सुकै पनि नेपाल फर्कन चाहनेले निवेदन दिन सक्नेछन् । विज्ञापनमा १५ हजार देखि ढेडलाख सम्म तलव सुविधा दिने प्रष्ट पारिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP